default_image

3 years ago

March 4, 2021

शीर्ष चारमा लिभरपुल र चेल्सीको होड

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न ३ खेलमा प्रतिस्पर्धा हुँदा मर्सिसाइड क्लब लिभरपुलले घरेलु मैदानमा चेल्सीको सामना गर्दैछ । खेल बिहीबार राति एनफिल्डमा राति २ बजेपछि हुनेछ । घरेलु मैदानमा हुने खेलमा लिभरपुल चेल्सीलाई हराउदै चौथो स्थानमा उक्लने लक्ष्यमा हुनेछ । छैटौ स्थानमा रहेको लिभरपुल २६ खेलबाट ४३ अंक रहेको छ । चेल्सीलाई […]

30 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न ३ खेलमा प्रतिस्पर्धा हुँदा मर्सिसाइड क्लब लिभरपुलले घरेलु मैदानमा चेल्सीको सामना गर्दैछ ।

खेल बिहीबार राति एनफिल्डमा राति २ बजेपछि हुनेछ । घरेलु मैदानमा हुने खेलमा लिभरपुल चेल्सीलाई हराउदै चौथो स्थानमा उक्लने लक्ष्यमा हुनेछ । छैटौ स्थानमा रहेको लिभरपुल २६ खेलबाट ४३ अंक रहेको छ । चेल्सीलाई हराउन सके लिभरपुलले वेस्ट ह्याम युनाइटेड र चेल्सीलाई पछि पार्नेछ ।

टोलीसँग साडियो माने, मोहम्मद सलाह, रोबर्टाे फिर्मिनो, जर्जिन्हो वाइनाल्डम, थियागो अलकान्तरा, कर्टिस जोन्स, एन्ड्रिउ रोबर्टसन, नाथानिल फिलिप्स, एलेक्सान्डर अर्नाेल्ड र गोलरक्षक एलिसन बेकरको साथ रहेको छ । चोटका कारण डिएगो जोटा, फाविन्हो, जोएल मटिप लगायतका खेलाडी टोलीमा हुनेछैनन् ।

यता, चेल्सी पनि लिभरपुललाई उसकै मैदानमा हराउदै शीर्षचारमा पुग्ने लक्ष्यमा हुनेछ । चेल्सी २६ खेलबाट ४४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । चेल्सीसँग ट्याम्मी अब्राहम, टिमो वेर्नर, मासन माउन्ट, मार्काेस अलन्सो, माटियो कोभासिस, जर्गिन्हो, रिस जेम्स, एन्टेनियो रुडिगर, आन्द्रेस क्रिस्टेन्सेन, कप्तान सिजर एज्पिलिक्वेटा र गोलरक्षक इडुआर्ड मेन्डीको साथ रहेको छ ।

यि दुई टोलीको पछिल्लो २९ खेलको नतिजामा लिभरपुल ११ खेलमा विजयी भएको छ । ९ खेल चेल्सले आफ्नो पक्षमा पार्दा ९ खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक लिभरपुलले चेल्सीलाई उसकै मैदानमा २–० ले पराजित गरेको थियो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.