default_image

5 years ago

March 14, 2021

नेपाल सुपर लिगको ७ फ्रेन्चाइज सार्वजनिक

217 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा प्रतिस्पर्धा गर्ने ७ फ्रेन्चाइज टोली सार्वजनिक भएको छ । आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले आइतबार एक कार्यक्रममाझ सहभागी फ्रेन्चाइजको नाम सार्वजनिक गरेको हो ।

सहभागी टोलीहरु विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा‌ थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी फुटबल क्लब रहेका छन् ।

विराटनगर सिटी एफसीका अध्यक्ष अनुप रञ्जन भट्टराईले तराइमा फुटबलको क्रेजलाई मध्यनजर गर्दै यहाँको फुटबल संस्कृति विकासमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे । काठमाडौंको स्वामित्व मोरङ अटो वर्क्सले खरिद गरेको हो ‌। भाटभटेनी सुपरमार्केटले ललितपुर टोली हेर्नेछ ।

चितवन टोलीमा व्यवसायी चन्द्र ढकालको लगानी रहेको छ । पोखराको मालिकमा लक्ष्मी हुन्डाईका निराकार श्रेष्ठ रहेका छन् । श्रेष्ठले ए डिभिजन टोलीसँग आवद्धतापछि लक्ष्मी ग्रुपको स्थापना स्थल पोखरा रोजेको जानकारी दिए । बुटवलको स्वामित्व राजकुमार तिमल्सिनाको कम्पनिले खरिद गरेको हो ।

धनगढीको टिमलाई सुबास शाहीले खरिद गरेका छन् । नेपाली क्रिकेटमा लामो समयदेखि लाग्दै आएका शाहिले खेलकुदलाई सशक्त उद्योगका रुपमा अघि बढाउन यो कदम चालिएको बताए ।

खेलाडी अक्सन चैत ६ गते हुने बुझिएको छ । २०७६ कै वैशाख र जेठमा आयोजना गर्ने गरि एन्फा र म्यानेजमेन्टबीच २०७५ को पुसमा सम्झौता भएको थियो । त्यति बेलाको सम्झौताले बल्ल यसपटक मुर्त रुप लिन लागेको हो । वैशाख ११ देखि २५ सम्म दशरथ रंगशालामा प्रतियोगिता गर्ने तयारी रहेको छ ।

एन्फाले नेपाली फुटबलको दिगो विकास र विस्तार गर्न विकेन्द्रीकरण नीति अनुसार उपत्यका बाहिर सातै प्रदेशमा फुटबल विकासका लागि लिग गर्न लागेको जनाएको छ । सुरुवाती सम्झौताका समयमा फ्रेन्चाइज लिग प्रादेशिक अवधारणा गरिइने बताइएको थियो । तर अहिले सहरको आधारमा टोली बन्ने भनिएको छ ।

फ्रेन्चाइज लिगका लागि एन्फाले हाल १४ ‘ए’ डिभिजन क्लबबाट उत्कृष्ट १ सय ४० खेलाडी छनोट गरेर सबै प्रदेशलाई बाँड्दै टिम बनाउने बताएको थियो । प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा खेलाइने जनाएको छ ।

हरेक टोलीमा विभिन्न श्रेणीका २० खेलाडी रहने र खेलाडीको श्रेणी एन्फाको सहकार्यमा छुट्टाइने म्यानेजमेन्टले जनाएको छ । हरेक टोली ३ जना राष्ट्रिय खेलाडी राख्न पाउने र मैदानमा २ खेलाडी सम्म उतार्न पाइने प्रावधान गरिने बताएको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.