5 years ago
March 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ‘एनएसएलमा अनुबन्धित भएको छु ।’ घरेलु फुटबलका सफल प्रशिक्षक मध्येको एक मेघराज केसीले फेसबुकमा स्टाटस राखेका छन् । यसको मतलब उनी एक वर्षपछि क्लब फुटबलमा फर्कने भएका छन् ।

नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) मार्फत केसी प्रशिक्षकको रुपमा फर्कन लागेका हुन् । पछिल्लो समय ‘ए’ डिभिजन क्लब रुस्लान थ्री स्टार क्लबमा आबद्ध रहेका उनले गत वर्ष पोखरामा भएको आहा रारा गोल्डकप र त्यसपछि नयाँ सिजनबाट कुनैपनि क्लबमा आबद्ध नहुने बताएका थिए ।
क्लब फुटबलबाट टाढा रहने भएपनि उनले फुटबल एकेडेमी स्थापनामा जुटेका थिए । ‘‘ए’ डिभिजन क्लबमा काम गर्दिन भनेको थिए । पहिलोपटक एनएसएल आयो । क्लबमा नजोडिएपनि फुटबलको ऐतिहासिक क्षण आउदा छुटाउन मन नलाग्दो रहेछ ’ उनले भने । कुन क्लबमा भन्ने विषयमा भने उनी खुल्न चोहनन् । उनले थपे, ‘केहि दिनमा त्यो पनि सार्वजनिक हुनेछ ।’
एनएसएलको पहिलो संस्करण बैशाख ११ देखि २५ सम्म काठमाडौंमा सञ्चालन हुँदैछ । आइतबार मात्रै ७ फ्रेन्चाइज टोली र लोगो सार्वजनिक गरिएको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]