5 years ago
March 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत धनगढी फुटबल क्लबले राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विशाल राईलाई मार्की खेलाडीका रुपमा सार्वजनिक गरेको छ ।

टिमको लागि अरु खेलाडी र प्रशिक्षक पनि अनुबन्धको प्रक्रिया अगाडि बढिसकेको क्लबले जनाएको छ । धनगढी क्रिकेट लिग (डीसीएल) र धनगढी प्रिमियर लिग (डीपीएल) को सफल आयोजनापछि सुबास शाहीले टोली खरिद गरेका हुन् ।
एनएसएलका लागि मार्की खेलाडी घोषणा गर्नेमा धनगढी एफसी पहिलो फ्रेन्चाइज टोली बनेको छ । एनएसएलका सहभागी ७ टोलीले १/१ खेलाडीलाई मार्की खेलाडी राख्ने प्रावधान छ । गो ड्रिमर्सका तर्फबाट सुवास शाही र विशालले सम्झौता पत्रमा हस्ताछर गरे ।
विशालले आफूले सोचे भन्दा ठूलो कार्यक्रम रहेको भन्दै ठट्यौली पारामा आफ्नो भनाई राखेका थिए । अन्य क्लबबाट पनि प्रस्ताव आए पनि धनगढीको प्रस्ताव र लिग जित्ने योजना चित्त बुझ्दो लागेर आबद्द भएको बताए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा नेपाल स्पोर्टस् एण्ड एभेन्ट्स म्यानेजमेन्टले वैशाख ११ देखि २५ सम्म दशरथ रंगशालामा एनएसएल आयोजना गर्ने जनाएको थियो ।
विशालले पछिल्लो समय मछिन्द्र क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । उनले राष्ट्रिय टोलीबाट १९ खेल खेल्दै ३ गोल गरिसकेका छन् । उनी नेपालले बंगबन्धु गोल्डकप, १३ औं साग र एएफसी सोलिडारिटी कप जित्दा टोलीका सदस्य थिए ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]