5 years ago
March 15, 2021
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोली तथा मनाङ मस्र्याङ्दी क्लबका मिडफिल्डर अन्जन विष्ट ललितपुर सिटी फुटबल क्लबको मार्की खेलाडी घोषित भएका छन् । अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) का लागि मार्की खेलाडी घोषणा गर्ने ललितपुर दोस्रो फ्रेन्चाईज टोली हो ।

त्यसअघि सोमबार दिउँसो धनगढी एफसीले अर्का राष्ट्रिय टोलीका सदस्य विशाल राईलाई मार्की खेलाडीका रुपमा घोषणा गरेको थियो ।
अन्जनले आफू ५ लाख ५० हजार रुपैयाँमा सम्झौता गरेको बताए । भाटभटेनी सुपरमार्केटको स्वामित्व रहेको ललितपुर सिटीको तर्फबाट कल्याण गुरुङ र अनन्तले सम्झौतामा हस्ताक्षर गरेका थिए । अन्जनले अचानक सम्झौतामा पुग्ने निर्णय भएको बताए ।
‘म अर्को प्रसंगका लागि वल्र्ड ट्रेड गएको थिए । त्यहाँ उहाँहरु छलफलमा हुनुहुँदो रहेछ । अनि मसँग पनि कुरा भयो । प्रस्ताव मलाई मन पर्यो,’ उनले भने, ‘उहाँहरुले एनएसएल जित्ने गरि टोली बनाउने तयारी गर्नु भएको रहेछ। उहाँहरुको योजना मलाई ठीक लाग्यो । अनि सम्झौतामा पुग्यौं ।’
अन्जनले आफ्नो तर्फबाट शत प्रतिशत दिएर खेल्ने र टोलीको योजना सफल पार्न प्रयास गर्ने पनि बताए । ‘मार्की खेलाडी चुनिनु जति खुसीको विषय हो त्यत्तिकै चुनौती पनि हुन सक्छ’, उनले भने, ‘आफैंले लिड गरेर टोलीलाई सफलता दिलाउन सकियो भने सफल भएको हुनेछ ।’
पाँच वर्षयता नेपाली टोलीका नियमित सदस्य रहेका अन्जन नेपाली टोलीका नियमित सदस्य हुन् । नेपाली टोलीले पछिल्ला केहि वर्ष प्राप्त गरेको ठूला सफलतामध्ये १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण बाहेक सबैमा उनी समावेश छन् । साफ यू १९ को उपाधि जित्दाका महत्वपूर्ण सदस्य रहेको अन्जनले १२ औं साग, बंगबन्धु गोल्डकप, एएफसी सोलिडारिटी कप जितेका थिए । विश्व कप छनोटमा नेपालले एक मात्र खेलमा चाइनिज ताइपेलाई हराउँदै दुवै गोल अन्जनले नै गरेका थिए ।
एनएसएलका सहभागी ७ टोलीले १/१ खेलाडीलाई मार्की खेलाडी राख्ने प्रावधान छ । नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा वैशाख ११ देखि २५ गते सम्म एनएसएल दशरथ रंगशालामा हुनेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]