default_image

5 years ago

March 17, 2021

भरत एफसी चितवनको मार्की, केसी प्रशिक्षक

197 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एफसी चितवनले राष्ट्रिय फुटबल टोली तथा त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड भरत खवासलाई मार्की खेलाडीको रुपमा अनुबन्धन गरेको छ ।

वैशाखमा आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम चितवनले बुधबार भरतसँग सम्झौता गरेको हो । रुस्लान थ्री स्टार क्लबका पूर्व प्रशिक्षक मेघराज केसीलाई चितवनले मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ । उनको सहायक प्रशिक्षकमा शैलेश कर्माचार्य रहेका छन् ।

चितवनका तर्फबाट सचिन ढकालले भरत, केसी र कर्माचार्यसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने एनएसएलमा लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । चितवनको स्वामित्व आइएमई ग्रुप अन्तर्गत संचालित गेम अन प्रा.लिले ग्रहण गर्ने भएको छ ।

गेम अन प्रा.लिका प्रबन्ध निर्देशक सचिन ढकालले खेलकुदका क्षेत्रमा युवा पुस्तामा बढ्दो आकर्षण हुँदा दर्शकलाई भरपुर मनोरन्जन पनि प्राप्त होस् भन्ने इच्छासहित टोली खरिद गरेको बताए । उनले नेपालमा खेलकुद पूर्वाधारको कमीबारे चिन्ता व्यक्त गर्दै खेलकुद विकासमा सक्दो प्रयास गर्ने जानकारी दिए ।

हस्ताक्षर कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल, एफसी चितवनका हेड कोच मेघराज के.सी, एसिस्टेन्ट कोच शैलेश महर्जन र मार्कोप्लेयर भरत खवास एवम् आइएमई ग्रुपमा कार्यरत उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तीन दशकभन्दा बढी समयदेखि नेपालको व्यवसायिक क्षेत्रमा क्रियाशील आइएमई ग्रुपले रेमिट्यान्स, बैंक तथा वित्तीय संस्था, ट्रेडिङ्ग, पर्यटन, सूचना प्रविधि, उर्जा, अटोमोबाइल, इन्सोरेन्स तथा डिजिटल फाइनान्स जस्ता क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ । आइएमई फाउन्डेसन मार्फत खेलकुदका क्षेत्रमा योगदान पुर्याउँदै आएको ग्रुपको खेलकुदका क्षेत्रमा यो दोस्रो प्रयास हो ।

यसअघि धनगढीले विशाल राई र ललितपुरले अन्जन विष्टलाई मार्की खेलाडीका रुपमा अनुबन्धित गरिसकेको छ । अन्य टोलीले पनि छिट्टै आफ्नो खेलाडी सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.