default_image

5 years ago

March 18, 2021

एनएसएलको अक्सन भोली, खेलाडी अझै अनभिज्ञ

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना आयोजना हुने फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को खेलाडी अक्सन शुक्रबार हुने भएको छ । तर अक्सनको अघिल्लो दिनसम्म पनि खेलाडीहरु भने यस विषयमा अनभिज्ञ छन् ।

नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गर्ने एनएसएलका सहभागी ७ फ्रेन्चाइज टोली चैत १ गते सार्वजनिक गरिएको थियो । घरेलु फुटबलमा खेलाडीको अक्सन हुन लागेको यो पहिलो पटक हो । हरेक टोलीले १ जना मार्की राख्नु पर्ने प्रावधान अनुसार अधिकांश टोलीले मार्की खेलाडी घोषणा गरिसकेका छन् ।

मार्की खेलाडी, विदेशी खेलाडी भने अक्सनमा नरहने श्रोतले बतायो । अक्सनबाट हरेक टोलीले १४ खेलाडी लिन पाउने बताइएको छ । अक्सनका लागि ‘ए’,’बी’, ‘सी’ गरि तीन श्रेणीमा खेलाडीलाई न्युनत्तम मुल्यबाट बोली लगानेछ । ‘ए’ श्रेणीका खेलाडीको न्यूनत्तम मुल्य २ लाख रुपैयाँ रहने बुझिएको छ ।

फ्रेन्चाइज लिगका लागि एन्फाले हाल १४ ‘ए’ डिभिजन क्लबबाट उत्कृष्ट १ सय ४० खेलाडी अक्सनका लागि उपलब्ध गराउने बताइएको थियो । एनएसएल सिंगल राउण्ड रोबिनको आधारमा खेलाइने जनाएको छ । हरेक टोलीमा विभिन्न श्रेणीका २० खेलाडी रहने र खेलाडीको श्रेणी एन्फाको सहकार्यमा छुट्टाइने म्यानेजमेन्टले यसअघि नै बताएको थियो ।

राष्ट्रिय टोलीमै रहेका खेलाडीसँग पनि हालसम्म यस विषयमा छलफल भएको छैन । खेलाडीको श्रेणी मात्र नभएर खेल्ने वा नखेल्ने नै निर्धारण हुन सकेको छैन । कतिपय खेलाडीले श्रेणीअनुसार तोकिएको रकममा नै चित्त नबुझेपछि सहभागिता नजनाउने बताएका छन् ।

एन्फाले खेलाडीको जिम्मेवारी लिने भनेपनि नेपालका खेलाडी एन्फासँग कुनै किसिमको सम्झौतामा नरहेका कारण खेल्ने नखेल्ने निर्णय खेलाडीमा निहित हुन्छ । अझ हाल एनएसएलमा तोकिएको रकमभन्दा स्थानिय प्रतियोगितामा नै बढि आम्दानी हुने देखिँदा खेलाडी उपलब्ध नहुने डर पनि उत्तिकै छ । यसबारे आयोजकले बिहीबार दिउँसो एन्फासँग छलफल गर्दैछ ।

हरेक टोली ३ जना राष्ट्रिय खेलाडी राख्न पाउने र मैदानमा २ खेलाडी सम्म उतार्न पाइने प्रावधान गरिने बताएको छ । एउटा टोलीले विदेशी खेलाडी ३ जना लिन पाउने र २ खेलाडी उतार्न पाइने जनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा हुने एनएसएल वैशाख ११ देखि २५ गते सम्म दशरथ रंगशालामा हुने यसअघि नै घोषणा गरिएको थियो ।

एनएसएल खेल्ने टोलीमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी फुटबल क्लब छन् । एनएसएल घोषणा भएको २ वर्षपछि आयोजना हुन लागेको हो । २०७६ कै वैशाख र जेठमा आयोजना गर्ने गरि एन्फा र म्यानेजमेन्टबीच २०७५ को पुसमा सम्झौता भएको थियो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.