default_image

5 years ago

March 18, 2021

फुजा धनगढी एफसीको प्रशिक्षक नियुक्त

174 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को टोली धनगढी एफसी नाइजेरियाली प्रशिक्षक तोपे अयोडेजी फुजालाई प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै अर्को महिना सुरु हुने एनएसएलका लागि फुजालाई प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।

फुजा नेपाली फुटबलका लागि भने नयाँ नाम होइन । उनी सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ मस्र्याङ्दी क्लबका पूर्व प्रशिक्षक हुन् । उनको नेतृत्वमा मनाङले २०७५ मा लिग उपाधि जितेको थियो । त्यो मनाङको कीर्तिमानी आठौं लिग उपाधि थियो । गत सिजन पनि उनको नेतृत्वमा मनाङ लिगमा तेस्रो भएको थियो ।

गो ड्रिमर्स प्रा.लि.को स्वामित्वमा रहेको धनगढीले एनएसएलका लागि टोली बनाउने प्रक्रियामा हामी धेरै अगाडि बढिसकेको पनि जनाएको छ । छौं । सन् २००५ मा मलेसियाको सवाह एफसीमा सहायक प्रशिक्षकको रुपमा कोचिङ करिअर सुरु गरेका फुजाले नेपालको ए डिभिजन लिग डेब्यू मछिन्द्र क्लब (२००६) बाट गरेका थिए । त्यसपछि भारतमा व्यस्त रहेका उनले सिमला योङ, मुम्बई युनाइटेढ, पियरलेस, हिन्दुस्तान एफसी, टलिगन्ज अग्रगामी, मोहम्मडन स्पोटिङ र चेन्नाई एफसीको टिम सम्हालेका थिए ।

धनगढीले राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राई मार्की खेलाडीका रुपमा अनुबन्धन गरेको थियो । गो ड्रिमर्स प्रा.लि.का प्रमुख सुवास शाहीले देशमै पहिलोपल्ट हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिताको धनगढी एफसीको प्रशिक्षकमा तोपे फुजालाई आबद्ध गर्न पाउँदा एकदमै खुसी लागेको बताएका छन् ।

गो ड्रिमर्स प्रा.लि.का प्रमुख सुवास शाहीले देशमै पहिलोपल्ट हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिताको धनगढी एफसीको प्रशिक्षकमा तोपे फुजालाई आबद्ध गर्न पाउँदा एकदमै खुसी लागेको बताएका छन् । फुजाले नेपालसहित दक्षिण एसियाली फुटबललाई नजिकबाट हेरिरहेको उल्लेख गर्दै शाहीले नेपाली खेलाडीको स्तर र क्षमताबारे जानकार रहेकोले उनको अगामनले धनगढी एफसीेले सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएको बताएका छन् ।

प्रशिक्षक फुजाले महत्वपूर्ण जिम्मेवारी पाउँदा निक्कै खुसी र उत्साहित रहेको बताए । उत्कृष्ट मार्की प्लेयर र टिमको सम्पर्कमा रहेका बिदेशी खेलाडीहरूले गर्दा मलाई धनगढी एफसीमा सामेल हुने आग्रह स्वीकार्न समय लागेन , उनले क्लबमार्फत भनेका छन्, क्लबको व्यवस्थापन र टिम मालिकको लक्ष्य देखेर म निक्कै प्रभावित भएको छु । र, हाम्रो लक्ष्य उपाधि जित्ने नै हो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.