default_image

5 years ago

March 18, 2021

विकेश काठमाडौं रेजर्सको मार्की, प्रशिक्षकमा महर्जन

239 views

0 Bookmark

काठमाडौं (हाम्रो खलकुद)- नेपाल सुपर लिग (एनएसएल) काे फ्रेन्चाईज टोली काठमाडौ रेजर्सले राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी फुटबल क्लबका गोलरक्षक विकेश कुथुलाई मार्की खेलाडीका रुपमा अनुबन्ध गरेको छ।

काठमाडौ रेर्जसले बिहिबार पत्रकार सम्मेलन गर्दै आफ्नो टोलीको मार्की खेलाडी र प्रशिक्षक सार्वजनिक गरेको हो। प्रशिक्षकमा राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जनलाई गरेको छ । १२ औं र १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दाका महत्त्वपूर्ण सदस्य विकेश आर्मीका पहिलो रोजाईका गोलरक्षक हुन् । उनीहरुको सम्झौता रकम भने सार्वजनिक गरिएन ।

१३ औं सागमा महर्जनको प्रशिक्षणमा नेपालले स्वर्ण पदक जितेको थियो। राष्ट्रिय फुटबल टोलीका पुर्व कप्तान समेत रहेका महर्जनले सन् २०१० देखि १०१६ सम्म एन्फामा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। महर्जनले भारतमा ‘बी’ डिभिजन लिगको क्लब तथा बंगलादेशमा ब्रदर्स युनियनलाई प्रशिक्षण दिएका थिए।

महर्जनले थ्री नेसन्स कप पछि मात्र काठमाडौंको टोली सम्हाल्ने जानकारी दिए । उनले एनएसएल पछि पुनः राष्ट्रिय टोलीमा फर्कने पनि बताए । यसो गर्दा राष्ट्रिय टोलीको आफ्नो जिम्मेवारीमा कुनै असर नपर्नेमहर्जनको भनाइ थियो । मार्की खेलाडी विकेशले काठमाडौंमा अनुबन्ध हुन पाउँदा खुसी व्यक्त गर्दै राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको बताए ।

यसअघि धनगढी एफसीले राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई मार्की खेलाडी र प्रशिक्षकमा नाइजेरियाली नागरिक तोपे अयोडेजी फुजालाई अनुबन्ध गरेको छ । यस्तै राष्ट्रिय फुटबल टोली तथा मनाङ मस्र्याङ्दी क्लबका मिडफिल्डर अन्जन विष्ट ललितपुर सिटी फुटबल क्लबको मार्की खेलाडी बनेका छन् । एफसी चितवनले भने मार्की खेलाडीमा राष्ट्रिय टोलीका स्टाइकर भरत खवास र प्रशिक्षकमा मेघराज केसीलाई अनुबन्ध गरेको छ।

एनएसएलका लागि शुक्रबार खेलाडीको अक्सन हुँदैछ । वैशाख ११ देखि २५ गतेसम्म हुने एनएसएलमा ७ टोलीको सहभागिता रहेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.