default_image

5 years ago

March 18, 2021

रञ्जित विराटनगर सिटीका मार्की

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खलकुद)- नेपाल सुपर लिग (एनएसएल) का लागि फ्रेन्चाइज टोलीहरुले मार्की खेलाडी घोषणा गर्ने क्रम जारी छ ।
विराटनगर सिटी एफसीले बिहीबार मार्की खेलाडी सार्वजनिक गरेको छ ।

विराटनगरले पत्रकार सम्मेलन गर्दै राष्ट्रिय फुटबल टोली तथा मछिन्द्र क्लबका डिफेन्डर रञ्जित धिमाललाई मार्की खेलाडीमा अनुबन्ध गरेको छ।
रञ्जित नेपालले सन् २०१६ सोलिडारिटी कप जित्दाका महत्वपुर्ण खेलाडी हुन् । मच्छिन्द्रले पहिलो पटक ए डिभिजन लिग जित्दा रञ्जित टोलीका सदस्य थिए । विराटनगरका सीइओ सुभाशिश कोइरालाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

रञ्जितले आफ्नो गृहनगरका लागि खेल्न पाउँदा खुसी व्यक्त गरे । उनले टोलीको प्रदर्शन सुधार गर्न सक्दो प्रयास गर्ने बताए र एनएसएल फुटबल विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले अक्सनको भूमिका निकै महत्त्वपूर्ण हुने बताए ।

सीइओ कोइरालाले टोलीले प्रशिक्षक लगायत खेलाडी अनुबन्धन गर्ने निर्णयमा दीर्घकालीन रुपमा सोचेर मात्र निर्णय लिने बताए । उनले विराटनगर टोलीले स्थानीय स्तरको प्रतिनिधित्व गर्ने विश्वस्तता दिलाए ।

यसअघि बिहीबार नै फ्रेन्चाईज टोली काठमाडौ रेजर्सले मार्की खेलाडीमा राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी फुटबल क्लवका गोलरक्षक विकेश कुथु र प्रशिक्षकमा बालगोपाल महर्जनलाई अनुबन्ध गरेको थियो । धनगढी एफसीले राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई मार्की खेलाडी र प्रशिक्षकमा नाइजेरियाली नागरिक तोपे अयोडेजी फुजालाई नियुक्त गरेको थियो ।

राष्ट्रिय फुटबल टोली तथा मनाङ मस्र्याङ्दी क्लबका मिडफिल्डर अन्जन विष्ट ललितपुर सिटी फुटबल क्लबको मार्की खेलाडी बनेका छन्। एफसी चितवनले भने मार्की खेलाडीमा राष्ट्रिय टोलीका फरवार्ड भरत खवास र प्रशिक्षकमा मेघराज केसीलाई अनुबन्ध गरेको थियो।

एनएसएलका लागि शुक्रबार खेलाडीको अक्सन हुँदैछ । अक्सनका लागि एन्फाले १ सय ५८ खेलाडी को सुचिमा राखेको छ । जसमा ए श्रणीमा ३५, ‘बी’मा ६५ र ‘सी’मा ५८ खेलाडी रहका छन् । वैशाख ११ देखि २५ गतेसम्म हुने एनएसएलमा ७ टोलीको सहभागिता रहेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.