default_image

5 years ago

March 18, 2021

यस्तो हुनेछ एनएसएलको अक्सन !

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खलकुद)– अर्को महिनाका लागि आयोजना तय भएको नेपाल सुपर लिग (एनएसएल) ले घरेलु फुटबलमा एउटा तरंग ल्याइदिएको छ । यद्दपी यसको सफलताका बारेमा अहिले नै आकंलन गर्न हतारो हुनेछ ।

पहिलो पटक घरेलु फुटबलमा फ्रेन्चाइज लिगको अवधारणा प्रयोग हुने क्रममा छ । २०७६ को वैशाख जेठमा एनएसएल गर्ने विषयमा नेपाल स्पोर्ट्स एभेन्ट म्यानेजमेन्ट र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच दुई वर्ष अघि नै सम्झौता भएको थियो । तर दुई वर्ष कुनै गतिविधि हुन नसक्दा एनएसएल घोषणामै सिमित हुने शंका बढेको थियो ।

पछिल्लो एक सातालाई हेर्ने हो भने अब एनएसएल हुनेमा शंका भन्दा बढी विश्वास गर्ने ठाँउ देखिएको छ । तथापी अक्सनको अघिल्लो दिन मात्र खेलाडीको श्रेणीको सुची जारी हुनु, पटक पटक पहिला घोषणा गरिएका विभिन्न प्रावधान फेरिदै जाँदा एनएसएललाई आलोचनात्मक रुपमा हेर्नेलाई बल मिलेको छ ।

यद्दपी तमाम शंका उपशंकाबीच शुक्रबार ९८ खेलाडी अक्सनमा विक्री हुँदैछन् । एनएसएलमा सहभागी ७ टोलीले अक्सनबाट समान १४ खेलाडी खरिद गर्दैछन् । अक्सनका लागि एन्फाले १ सय ५८ खेलाडीको सुची एनएसएललाई उपलब्ध गराएको छ । एन्फाले उपलब्ध गराएको सुचिमा भने खेलाडी निर्धारण गर्दा निकै त्रुटी छन् । हालसम्म राष्ट्रिय टोलीमा नपरेका केहि खेलाडी ए श्रेणीमा रहँदा नियमित खेलाडी समेत बी श्रेणीमा रहेका छन् ।

मिडफिल्डर विक्रम लामा चोटका कारण कतारमा उपचाररत रहँदा उनको नाम बी श्रेणीमा छ । यस्तै थ्री स्टारका अर्का घाइते खेलाडी सुशील राई अक्सन लिस्टमा रहँदा ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका सुशन श्रेष्ठको भने नाम छैन । अक्सन लिस्टमा थुप्रै ए डिभिजनका नियमित खेलाडीको नाम रहेको छैन ।

अक्सनको अघिल्लो दिन सम्म औपचारिक रुपमा श्रेणीका खेलाडीका लागि न्यूनत्तम र अधिकत्मक मुल्यका बारेमा जानकारी दिइएको छैन । आयोजकले अक्सनकै दौरान सबै विषय प्रष्ट हुने बताएको छ । एन्फाले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका ३५ खेलाडीलाई ए, ६५ खेलाडीलाई बी र ५८ खेलाडीलाई सी श्रेणीमा वर्गिकरण गरेको छ ।

शुक्रबार १४ खेलाडीका लागि कम्तीमा १० लाख देखि बढीमा १५ लाख ५० हजार रुपैयाँ सम्म खर्च गर्न सक्नेछन् । ए श्रेणीका एक जना खेलाडीको न्यूनत्तम मुल्य ८० हजार र अधिकत्तम २ लाख रुपैयाँ सम्म निर्धारण गरिएको श्रोतले बतायो । त्यस्तै बी श्रेणीका एक खेलाडीका लागि ५० हजारबाट बोली सुरु हुनेछ भने बढीमा १ लाख २५ हजार रुपैयाँ सम्म खर्च गर्न सकिनेछ । सी श्रेणीका खेलाडीका लागि न्यूनत्तम २५ हजारदेखि ७५ हजार रुपैयाँ सम्मको मुल्य निर्धारण गरिएको छ ।

एक भन्दा बढी क्लबले एउटा खेलाडीका लागि अधिकत्तम बोली लगाएको खण्डमा गोलाप्रथाका आधारमा टोलीले खेलाडी प्राप्त गर्नेछन् । अक्सनमार्फत एउटा टोलीले ए श्रेणीका ३ तथा बी र सीबाट ११ जना खेलाडी खरिद गर्न सक्नेछन् ।

एन्फाले खेलाडीको सहमति विनै सुची आयोजकलाई पठाएको छ । यदि कसैले सुचीमा रहन नचाहेको खण्डमा इमेलमार्फत जानकारी गराउन एन्फाले प्रेस विज्ञप्ती जारी गरेको छ । शुक्रबार ९८ खेलाडीको विक्री हुनेछन् । ६० खेलाडी विक्री हुने छैनन् । विक्री नहुने खेलाडी पछि आवश्यकताका आधारमा टोलीले लिन पाउने प्रावधान रहने बताइएको छ ।

हरेक फ्रेन्चाइज टोलीले २० खेलाडी राख्न पाउनेछन् । जसमा मार्की, ३ विदेशी र २ हिडन खेलाडीका रुपमा टोलीमा राख्न पाउने प्रावधान छ । मार्की खेलाडीको न्युनत्तम मुल्य भने २ लाख ५० हजार रुपैयाँ तोकिएको बुझिएको छ । अहिले सम्म मार्की खेलाडीका रुपमा ललितपुर सिटी फुटबल क्लबले अन्जन विष्टलाई ५ लाख ५० हजार रुपैयाँमा अनुबन्ध गरेको छ । सार्वजनिक भएका अन्य मार्कीको मुल्य भने गोप्य राखिएको छ ।

अहिले सम्म औपचारिक रुपमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, एफसी चितवन, ललितपुर र धनगढी एफसीले मार्की खेलाडी औपचारिक रुपमा सार्वजनिक गरिसकेका छन् । बुटबल र पोखरा थन्जर्सले भने मार्की खेलाडीको औपचारिक घोषणा गर्न बाँकी छ । धनगढी, चितवन र काठमाडौ रेजसले प्रशिक्षक नियुक्त गरिसकेको छ । धनगढीले टोपे फुजा, चितवनले मेघराज केसी र काठमाडौं रेजर्सले बालगोपाल महर्जनलाई प्रशिक्षक नियुक्त गरेको हो ।

पोखरा थन्डर्स र बुटवल लुम्बिनी युनाइटेडले हालसम्म औपचारिक रुपमा आफ्नो टोली सार्वजनिक गरेका छैनन् । तर स्रोतका अनुसार बुटवलले राजुकाजी शाक्यको प्रशिक्षणमा विशाल श्रेष्ठलाई मार्की खेलाडीका रुपमा अनुबन्ध गरेको छ । त्यस्तै पोखराले आर्मीका नवयुग श्रेष्ठलाई मार्की तथा उनकै टोलीका प्रशिक्षक नवीन न्यौपानेलाई प्रशिक्षकमा भित्र्याएको छ । एनएसएल वैशाख ११ देखि २५ गतेसम्म दशरथ रंगशालामा हुनेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.