default_image

5 years ago

March 19, 2021

एनएसएल अक्सन – सुजलसहित ८ खेलाडी २ लाखमा बिक्री भए

202 views

0 Bookmark

काठमाडौं ( हाम्रो खेलकुद)- अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) का लागि शुक्रबार भएको अक्सनमा राष्ट्रिय टोलीका सुजल श्रेष्ठसहित ८ खेलाडी सर्वाधिक रकममा बिक्री भएका छन् ।

अक्सनका लागि ए, बी, सी गरि ३ श्रेणीमा विभाजन गरिएको थियो । ए श्रेणीका खेलाडीका लागि न्यूनत्तम १ लाख र अधिक्तम २ लाख रुपैयाँ तोकिएको थियो । २ लाखमा सुजलसहित विकास खवास, एरिक बिष्ट, दीनेश राजवंशी, दिप कार्की, विशाल सुनुवार, सुनिल बल र तेज तामाङ छन्।

यी ८ जना खेलाडीका लागि एक भन्दा बढी फ्रेन्चाइज टोलीले खरिद गर्ने इच्छा देखाएपछि गोला प्रथामा टोली तय भएको थियो ।
गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले स्वर्ण पदक जित्दाका कप्तान सुजललाई लिन लागि ४ टोलीले बोली लगाएका थिए ।
सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लबका सुजललाई गोलाप्रथामा पोखरा थण्डर्सले प्राप्त गर्यो ।

४ टोलीले बोली लगाएपछि त्रिभुवन आर्मी फुटबल क्लबका डिफेण्डर विकासलाई एफसी चितवनले पाएको थियो । एरिकका लागि दुई टोलीबीच प्रतिस्पर्धा हुँदा ललितपुरले बाजी मारेको थियो ।
पोखराले मनाङ मस्र्याङ्गदी क्लबका गोलरक्षक दिप कार्कीलाई पनि तीन टोलीको भिडन्तमा घम्सा बाजी मार्यो ।
तेज २ लाखमा बिक्री हुने पहिलो खेलाडी बने । सर्वाधिक ६ टोलीको रुचीमा परेका तेज काठमाडौं रेजर्समा पुगे । ३ टोलीको नजरमा रहेका अर्का गोलकिपर विशालको एफसी चितवनको भागमा परे । २ टोलीको प्रतिस्पर्धामा सुनिल विराटनगर सिटी एफसी र दीनेश धनगढी एफसीमा परे ।

७ टोलीको सहभागितामा वैशाख ११ देखि २५ गतेसम्म एनएसएल दशरथ रंगशालामा हुनेछ । बी श्रेणीका खेलाडीका लागि न्यून्तम ५० हजारदेखि अधिक्तम १ लाख २० हजार तथा सीका लागि कम्तीमा २० हजार र बढीमा ७५ हजार रुपैयाँ तोकिएको थियो ।

अक्सनबाट हरेक टोलीले १४ खेलाडी किने । अक्सनमा एउटा टोलीले कम्तीमा १० लाख र बढीमा १५ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउथे । त्यसमा एका ३, बीका ४ देखि ६ र सीका ५ देखि ७ खेलाडी किन्न पाउने प्रावधान थियो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.