5 years ago
March 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दशरथ रंगशालामा अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) का ३ टोलीले प्रशिक्षक नियुक्त गरेको छ । वैशाख ११ गते देखि २५ गते सम्म आयोजना हुने एनएसएलमा सहभागी ७ मध्ये ६ टोलीले प्रशिक्षक नियुक्त गरेका छन् ।

पूर्व राष्ट्रिय खेलाडी नवीन न्यौपाने, थ्री स्टार क्लबलाई लिग जिदाएका प्रदीप हुमागाई र सनोज श्रेष्ले एनएसएलका टोलीलाई प्रशिक्षण दिने भएका छन् । एनएसएलका लागि न्यौपाने र हुमागाईले आ आफ्नो टोलीको प्रतिनिधित्व गरेका थिए । श्रेष्ठ भने अक्सनमा थिएनन् । राष्ट्रिय टोलीका पूर्व कप्तान समेत रहेका प्रशिक्षक राजुकाजी शाक्य भने बुटबल लुम्बिनी एफसीकातर्फबाट अक्सनमा सहभागी थिए । न्यौपानेलाई पोखरा थन्डर्स, हुमागाईलाई ललिपतुर सिटी एफसी र श्रेष्ठले बुटबल लुम्बिनी एफसी,प्रशिक्षकका रुपमा सर्वाजनिक गरेको हो ।
यसअघि ३ टोलीले औपचारिक रुपमा प्रशिक्षक नियुक्तको घोषणा गरेको थियो । एफसी चितवनले मेघराज केसी, धनगढी एफसीले विदेशी टोपे फुजा र काठमाडौं रेजर्सले बालगोपाल महर्जनलाई प्रशिक्षक नियुक्त गरेको थियो । विराटनगर सिटी एफसीले भने अहिले सम्म प्रशिक्षक नियुक्त गरेको छैन ।
खेलाडीका रुपमा मनाङ मस्र्याङ्दी क्लबबाट ४ पटक ए डिभिजन लिग जितेका न्यौपाने युवा प्रशिक्षकमा आश लाग्दा मानिएका छन् । केहि वर्षयता उनी त्रिभुवन आर्मी फुटबल क्लबको प्रशिक्षकका रुपमा कार्यरत छन् । उनको प्रशिक्षणमा आर्मीले गत वर्ष लिगमा दोस्रो स्थान हासिल गरेको थियो ।
हुमागाई भने ८ वर्षपछि घरेलु फुटबलमा फर्केका छन् । २०६९ मा थ्री स्टार क्लबलाई सहिद स्मारक ए डिभिजन लिगसहित केहि नकआउट फुटबलको उपाधि दिलाएका हुमागाई त्यसपछि अमेरिका लागेका थिए । केहि महिना अघि स्वदेश फर्केका हुमागाई ए लाइन्स प्रशिक्षक हुन् ।
श्रेष्ठको प्रशिक्षक हालैमात्र सातदोबाटो क्लब बीबाट ए डिभिजनमा बढुवा भएको थियो । उनले यसअघि ए डिभिजन टोली ब्रिगेड ब्वाइज क्लबलाई प्रशिक्षण दिएका थिए ।
यसअघि बुटबल लुम्बिनी एफसीको प्रशिक्षकमा सनोज श्रेष्ठ हुनुपर्नेमा अन्यथा भएकोले सच्चाईएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]