default_image

5 years ago

March 22, 2021

ललितपुर सिटीका प्रशिक्षक हुमागाई भन्छन्– ‘दबाब छ’

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– फ्रेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) टोली ललितपुर सिटी एफसीले प्रदीप हुमागाईलाई आफ्नो प्रशिक्षकका रुपमा सार्वजनिक गरेको थियो । चैत ६ गते भएको अक्सनमा टोलीका तर्फबाट हुमागाईले प्रतिनिधित्व गरेपछि औपचारिक रुपमामा प्रशिक्षकका रुपमा भने सोमबार सम्झौता गरेको हो ।

टोलीकी मालिक कामना गुरुङ र हुमागाईले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । हुमागाई एनएसएलमार्फत ८ वर्षपछि घरेलु फुटबलमा फर्कन लागेका हुन् । २०६९ मा थ्री स्टार क्लबलाई सहिद स्मारक ए डिभिजन लिगसहित केहि नकआउट फुटबलको उपाधि दिलाएका हुमागाई त्यसपछि अमेरिका लागेका थिए । केहि महिना अघि स्वदेश फर्केका हुमागाई ए लाइन्स प्रशिक्षक हुन् ।

हुमागाईले आफू कुरा नभै काम गर्न आएको उल्लेख गर्दै भने,‘ म लामो समय देश बाहिर रहेपनि नेपाली फुटबललाई नजिकबाट हेरेर बुझ्ने कोशिस गरेको छु । दबाब छ तर यसलाई मैले सकारात्मक दबाबमा रुपमा लिएको छु । ’ हुमागाईले अक्सनबाट राम्रो टोली मिलेको पनि बताएका छन् । मलाई फुटबलमा फर्केको हेर्ने धेरैको चाहना थियो,’ उनले थपे,‘ एनएसएलमार्फत फर्कने मौका मिलेको छ । यसका लागि ललितपुर सिटी एफसीलाई धन्यवाद ।’

ललितपुर सिटी एफसीकी मालिक कामना गुरुङले हुमागाईलाई टोलीको प्रशिक्षकका रुपमा पाउँदा आफूहरु खुसी भनएको बताएकी छिन् । उनले टोलीबाट राम्रो नतिजाको आशा गरिएको पनि बताएकी छिन् । ललितपुरले राष्ट्रिय टोली तथा मनाङ मस्र्याङ्दी क्लबका अन्जन विष्टलाई ५ लाख ५० हजार रुपैयाँमा मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको थियो ।

ललितपुरले अक्सनबाट एरिक विष्ट, पाल्साङ लामा, अर्पण कार्की, कमल श्रेष्ठ, प्रवेश दनुवार,मिक्छेन तामाङ, नविन लामा, विमल राना, रन्जन विष्ट, विनोद गुरुङ, रोहित कार्की, सरोज लामा, निरज बस्नेत र गौरव बुढाथोकी किनेको थियो । नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा ७ टोलीको सहभागितामा वैशाख ११ गते देखि २५ गते सम्म दशरथ रंगशालामा एनएसएल हुनेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.