5 years ago
March 23, 2021
काठमाडौं (हाम्रो खेलकुद)– फ्रेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) टोली विराटनगर सिटी (बिसिएफसी) फुटबलले विराटनगरमै प्रशिक्षण गर्ने भएको छ । एनएसएलको तयारका लागि १० दिन विराटनगरमा प्रशिक्षण गरिने बिसिएफसीले जनाएको छ ।

त्यसअघि क्लबको औपचारिक उद्घाटन प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले बिहीबार गर्ने तय भएको जनाएको छ । विराटनगरको हाटखोलाको फन एन्ड फुड भिलेजमा एक कार्यक्रममार्फत क्लबको औपचारिक सुरुवातको घोषणा गरिने कार्यक्रम तय भएको जनाइएको छ ।सो कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली पनि उपस्थित हुने बताइएको छ ।
बिसिएफसीको स्थापनासँगै औद्योगिक सहर विराटनगरको गरिमा पनि बढ्ने क्लबले विश्वास लिएको छ । क्लबले गत साता राष्ट्रिय टोली र सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबका रञ्जित धिमाललाई आफ्नो मार्की खेलाडीका रुपमा अनुबन्ध गरेको थियो । बिसिएफसीले युवा खेलाडी लागि प्लेटफार्म सिर्जना गरि विराटनगरसँगै देशकै फुटबल स्तर बढाउने लक्ष्य राखेको जनाएको छ । क्लबले प्रि सिजनमा विराटनगरका युवा स्थानीय खेलाडीलाई पनि सामेल गर्ने बताएको छ ।
चैत ६ गते अक्सनबाट बिसिएफसीले १४ खेलाडी पाएको थियो । टोलीले अक्सनबाट सरोज दाहाल, सुनिल बल, सन्तोष तामाङ, अशोक थापा, किशोर गिरी, विजय धिमाल, हेम तामाङ, दीपक राई, निरकुमार राई, , विक्रम धिमाल, सुरज जिउ ठकुरी, सूर्य अधिकारी, सुशील लामा र सुनिल खड्का लिएको थियो ।
नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा वैशाख ११ देखि २५ गते सम्म हुने सुपर लिगमा ७ टोलीको सहभागिता रहनेछ । नेपालमा पहिलो पटक फ्रेन्चाईज लिग पहिलो पटक आयोजना हुन लागेको हो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]