5 years ago
March 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पे वेल नेपाल प्रालि नेपाल सुपर लिग (एनएसएल) को टिकेटिङ पार्टनर बनेको छ । आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टले एक पत्रकार सम्मेलन गर्दै पे वेल टिकेटिङ पार्टनर रहेको जनाएको छ ।

नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट अध्यक्ष आश्रयता कार्की चौधरी र पे वेलका कार्यकारी अध्यक्ष भिम प्रसाद तिमिल्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदन प्रदान गरेका थिए । सम्झौतासँगै लिगको सम्पूर्ण टिकट बिक्री पे वेलबाट हुनेछ ।
सम्झौतापछि पे वेलका कार्यकारी अध्यक्ष भीम प्रसाद गौतमले नेपाल सरकारको डिजिटल कन्सेप्टलाई आत्मसाथ गरेर अगाडी बढेका र एनएसएलसँग जोडिने मौका दिएकोमा धन्यवाद व्यक्त गरे । उनले टिकटको स्तरसँगै अन्य विविध विषयमा पे वेलले राम्रोसँग काम गर्ने थपे । २०१८ मा स्थापना भएको पे वेलले गत भदौमा मात्रै नेपाल सरकारबाट स्वीकृति पाएको थियो । टिकटको मूल्य पछि निर्धारण गरिने आयोजकले जनाएको छ ।

एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १९ खेल हुनेछ । एनएसएल वैशाख ११ देखि २५ गतेसम्म एनएसएल दशरथ रंगशालामा हुनेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]