default_image

3 years ago

March 25, 2021

मुख्यमन्त्री राईले गरे बिसिएफसीको उद्घाटन

विराटनगर (हाम्रो खेलकुद) – प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले विराटनगर सिटी फुटबल क्लब (बिसिएफसी) को बिहीबार औपचारिक उद्घाटन गरेका छन् । बिसिएफसी अर्को महिना काठमाडौं आयोजना हुने नेपालको पहिलो फ्रान्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) को ७ मध्येको एक टोली हो । बिसिएफसीले प्रदेश १ को टोली हो । राष्ट्रिय फुटबल टोलीका रक्षक […]

73 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले विराटनगर सिटी फुटबल क्लब (बिसिएफसी) को बिहीबार औपचारिक उद्घाटन गरेका छन् ।

बिसिएफसी अर्को महिना काठमाडौं आयोजना हुने नेपालको पहिलो फ्रान्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) को ७ मध्येको एक टोली हो । बिसिएफसीले प्रदेश १ को टोली हो । राष्ट्रिय फुटबल टोलीका रक्षक रञ्जित धिमाल मार्की खेलाडी रहेको बिसिएफसीले गत साता अक्सनबाट अन्य १४ खेलाडी लिएको थियो । टोलीले प्रशिक्षक र विदेशीसहित खेलाडी चाडै अनुबन्धन गर्ने जनाएको छ ।

मुख्य मन्त्री राईले बिसिएफसीलाई सफलताको शुभकामना गर्दै सहभागिता मात्र नभै एनएसएलमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । बिसिएफसीले विराटनगरमै रहेर प्रशिक्षण गर्ने भएकाले त्यसले प्रदेशको फुटबल विकासमा सहयोग पुग्ने बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्की, विभिन्न नगरपालिकाहरुका मेयरहरु, पूर्वान्चल विश्व विद्यालयका उपकुलपति प्रो डा यादव राज कोइराला, पूर्व फुटबल खेलाडी बिष्णु बराल, मोरङ फुटबल संघ का अध्यक्ष दिपेन्द्र धिमाल, व्यवसायीलगायतको कार्यक्रममा उपस्थिति थियो ।

\क्लबका अध्यक्ष अनुप रंजन भट्टराईले बिसिएफसीको मुख्यालय विराटनगरमै स्थापना हुने जानकारी दिए । भट्टराईले भने, “विराटनगर र प्रदेश १ मा फुटबल प्रतिको मोह निकै गहिरो छ र यस प्रदेशमा फुटबलको विकासनै हाम्रो मुख्य लक्ष्य रहनेछ ।

बिसिएफसीका प्रमुख कार्यकरी अधिकृत सुभाशिश कोइरालाले टोलीमा देशका प्रख्यात र उदाउदै गरेका खेलाडीका साथै अनुभवी विदेशी खेलाडीलार्य पनि समावेश गरिने बताए । विराटनगरका युवा खेलाडीलाई समेत समेट्दै केहि सातामा टोलीले विराटनगरमै प्रशिक्षण गर्ने जनाएको छ ।

सोही अवसरमा क्लब व्यवस्थापनले प्रदेशबासीलाई साथ दिनका लागि आग्रह समेत गरेको छ ।एनएसएल वैशाख ११ देखि २५ गते सम्म दशरथ रंगशालामा आयोजना हुँदैछ ।

विराटनगरका खेलाडी
मार्की
– रञ्जित धिमाल
अक्सनबाट लिइएका – अशोक थापा, किशोर गिरि, बिक्रम धिमाल, सरोज दाहाल, सुनिल बल, सुरज जिउ ठकुरी, विजय धिमाल, सुर्य अधिकारी, सन्तोष तामांग, हेम तामांग, सुशील लामा, सुनिल खड्का, दिपक राई, निर कुमार राई

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.