default_image

5 years ago

March 26, 2021

शाक्य बुटवल लुम्बिनीको महाप्रबन्धक नियुक्त

433 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राजु काजी शाक्यले फुटबल जीवनमा दुई वटा भूमिका निर्वाह गरे । झन्डै ४ दशकको फुटबल यात्रामा आधा जति खेलाडी र त्यसपछि प्रशिक्षकको भूमिकामा सक्रिय रहे । तर, यसपटक अर्को महिना आयोजना हुने पहिलो फ्रेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) मा फरक भूमिकामा देखा पर्ने भएका छन् । फ्रेन्चाइज टोली बुटवल लुम्बिनी एफसीले उनलाई महाप्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

‘मैले जीवनमा फुटबल बाहेक केहि सोचिन । खेलाडी र प्रशिक्षकका रुपमा आफूलाई प्रस्तुत गरे,’ उनले भने, ‘अहिले फरक परिस्थितिमा फरक भूमिका पाएको छु । लुम्बिनी बुटवलले मलाई जुन सम्मान दिएको छ त्यसका लागि धन्यवाद दिन चाहन्छु । आफ्नो ठाँउबाट टोलीलाई एसएसएलमा उच्च प्रदर्शनका लागि सहयोग गर्नेछु ।’

एनएसएल घरेलु फुटबलमा एउटा नयाँ प्रयोगलाई सुखद सुरुवातको संकेत गर्दै शाक्यले भने,’ एनएसएलको गृहकार्य केहि नपुगेको देखिएपनि प्रयास राम्रो हो । भविष्यमा सुधार हुँदै जान्छ भन्ने आशा गरौं ।’ बुटवलले सनोज श्रेष्ठलाई प्रशिक्षक र उज्जवल मानन्धरलाई गोलकिपर प्रशिक्षकका रुपमा नियुक्त गरेको छ । त्यस्तै क्लबले डा. रविन्द्र बस्नेतलाई फिजियो आबद्ध गराएको छ ।

गोलकिपर विशाल श्रेष्ठलाई मार्की खेलाडीका रुपमा लिएको बुटवलले अक्सनबाट शत्रुधन चौधरी, जय गुरुङ, अमिर श्रेष्ठ, लक्ष्मण रुचाल, अनिल महर्जन, सेसेहाङ आङ्दबे लिएको थियो । त्यस्तै सुरज विक, रन्दीप पौडे, रविन श्रेष्ठ, रवि थापा मगर, चेतनकुमार थारु, मानबहादुर परियारलाई पनि टोलीले अक्सनबाट लिएको छ ।

बुटवल सन्तुली टोली रहेको उल्लेख गर्दै शाक्यले भने, ‘लगभग सबै टोली उस्तै छ्रन् । केहि राम्रो विदेशी खेलाडी लिने विषयमा छलफल अघि बढेको छ, उनले भने, अधिकांश क्लबको आशा राम्रा विदेशी खेलाडी ल्याउने भन्नेमा देखिन्छ । ७ टोलीको सहभागितामा एनएसएल वैशाख ११ देखि २५ गते सम्म दशरथ रंगशालामा हुनेछ ।’

खेलाडीका रुपमा सन् १९८४ मा तत्कालिन प्रथम दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको साग र छैटौं साफ (१९९३) मा स्वर्ण पदक जितेका शाक्यले २०१६ मा १२ औं सागमा प्रशिक्षकका रुपमा स्वर्ण पदक जितेका थिए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.