default_image

5 years ago

March 30, 2021

एनएसएलका लागि राष्ट्रिय टोलीका खेलाडी रिलिज

188 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल च्याम्पियन टोलीका खेलाडीलाई अखिल नेपाल फुटबल संघले अर्को महिना सुरु हुने फ्रेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) का लागि छाड्ने भएको छ ।

‘एन्फाको निर्णय अनुसार आजबाट जान चाहने खेलाडी जान सक्छन्’, एन्फाका केन्द्रिय सदस्य समेत रहेका राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले भने,’एनएसएलका लागि खेलाडी रिलिज गरेका छौं । भोलीसम्म सबै खेलाडीले होटल छाड्नेछन् ।’ थ्री नेन्सस कपका लागि नेपाली टोली सोल्टी होटलमा बस्दै आएको छ ।

बंगलादेशलाई सोमबार २–१ ले हराउँदै नेपाली राष्ट्रिय टोली च्याम्पियन बनेको थियो । दशरथ रंगशालामा ३७ वर्षपछि राष्ट्रिय टोलीले उपाधि जितेको थियो । सन् १९८४ मा पहिलो दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) यता सिनियर टोलीले जितेको यो नै पहिलो उपाधि हो ।

एनएसएलको तयारीका लागि राष्ट्रिय अधिकांश खेलाडी विभिन्न ७ क्लबमा आबद्ध भएका छन् । राष्ट्रिय टोलीकै सदस्यहरु अलग अलग टोलीका मार्की खेलाडी घोषित भइसकेका छन् । एनएसएल वैशाख ११ देखि २५ गते सम्म दशरथ रंगशालामा हुँदैछ । फ्रेन्चाईज टोलीले आ आफ्नो तयारी सुरु गर्ने क्रममा छन् । त्रिभुवन आर्मी फुटबल क्लबका खेलाडी भने एएफसी कपमा सहभागी हुन टोलीको क्याम्पमा सहभागी हुनेछन् । आर्मीले चैत्र २५ गते श्रीलंका पुलिसको सामना गर्दैछ ।

राष्ट्रिय टोलीका सदस्य विशाल राई धनगढी एफसीको, भरत खवास चितवन एफसीको, विकेश कुथु काठमाडौं रेजर्स एफसीको, रञ्जित धिमाल विराटनगर सिटी एफसीको, विशाल श्रेष्ठ बुटवल लुम्बिनी एफसीको, नवयुग श्रेष्ठ पोखरा थन्डर्स र अन्जन विष्ट ललितपुर सिटी एफसीको मार्की खेलाडी हुन् । चैत ६ गते भएको अक्सनबाट सबै टोलीले समान १४ खेलाडी खरिद गरिसकेका छन् ।

राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ, रोहित चन्द, अनन्त तामाङ भने अक्सनमा समावेश थिएनन् । त्यस्तै सोमबारबाट अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका विराज महर्जन अक्सनमा अनसोल्ड भएका थिए । अक्सनमा नरहेका राष्ट्रिय टोलीका खेलाडीले एनएसएल खेल्ने नखेल्ने विषयमा अझै तय भएको छैन । हरेक टोलीले ३ विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । एनएसएल लगत्तै राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पुनः सुरु हुने व्यवस्थापक उपाध्यायले जानकारी दिए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.