default_image

3 years ago

April 14, 2021

लिभरपुल र रियल म्याड्रिड भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगको खेलमा आज राति विभिन्न दुई खेलमा प्रतिस्पर्धा हुदैछ । इंग्लिस क्लब लिभरपुलले घरेलु मैदानमा स्पेनिस क्लब रियल म्याड्रिडको आतिथ्यता गर्दा जर्मन क्लब बोरुसिया डर्टमुन्डले इंग्लिस क्लब म्यानचेस्टर सिटीको सामना गर्दैछ । दुवै खेल नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ । घरेलु मैदानमा हुने खेलमा लिभरपुल पूनरागमन जितसहित […]

64 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगको खेलमा आज राति विभिन्न दुई खेलमा प्रतिस्पर्धा हुदैछ । इंग्लिस क्लब लिभरपुलले घरेलु मैदानमा स्पेनिस क्लब रियल म्याड्रिडको आतिथ्यता गर्दा जर्मन क्लब बोरुसिया डर्टमुन्डले इंग्लिस क्लब म्यानचेस्टर सिटीको सामना गर्दैछ ।

दुवै खेल नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ । घरेलु मैदानमा हुने खेलमा लिभरपुल पूनरागमन जितसहित रियललाई हराउँदै च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने दाउमा हुनेछ । पहिलो लेगमा लिभरपुल ३–१ ले पछि छ । तर, लयमा रहेको रियलविरुद्ध लिभरपुललाई जित निकाल्न कठिन हुनेछ ।

नरागमनमा विश्वास राख्ने लिभरपुलले यसअघि २०१९ मा क्याटलान क्लब बार्सिलोनासँग सेमिफाइनलको पहिलो लेगमा ३–० ले पछि परेको अवस्थामा दोस्रो लेगमा ४ –० को जित निकाल्दै फाइनलमा पुग्न सफल भएको थियो । एनफिल्डमा लिभरपुल सोही पूनरागमनको जितको खोजीमा हुनेछ । लिभरपुललाई सेमिफाइनलमा पुग्न कम्तीमा पनि २–० को जितको खाँचो छ ।

२–० को जित निकालेको अवस्थामा समात ३–३ गोल हुदा अवे गोलमा लिभरपुल अघि बढ्नेछ । टोलीसँग साडियो माने, मोहम्मद सलाह, डिएगो जोटा, जर्जिन्हो वाइनाल्डम, फाविन्हो, थियागो अलकान्तरा, एन्ड्रिउ रोबर्टसन, काबक, फिलिप्स, ट्रेन्ट एलेक्सान्डर अर्नाेल्ड र गोलरक्षक एलिसन बेकर रहेका छन् । नावी केइटा, जद्रान शाकिरी र रोबर्टाे फिर्मिनो पनि टोलीमा रहेका छन् ।

यता, रियल पनि लिभरपुललाई उसकै मैदानमा हराउँदै अन्तिम चारमा पुग्ने दाउमा हुनेछ । रियललाई यही पहिलो लेगमा पाएको ३–१ को नतिजा नै सेमिफाइनल पुग्न पर्याप्त हुनेछ । १–० को हार या बराबरीको नतिजाले रियललाई अघिल्लो चरणको यात्रामा कुनै असर पर्नेछैन ।

टोलीसँग करिम बेन्जेमा, भिनिसियस जुनियर, मार्काे एसेन्सियो, टोनी क्रुस, क्यासमिरो, लुका मोड्रिच, फर्लान्ड मेन्डी, इडर मिलिसाओ, नाचो फर्नान्डेस, मार्सेलो, अल्भारो ओर्डिजोला र गोलरक्षक थिवाउट कोर्टुवा रहेका छन् । रोड्रिगो गोएस, इस्को, मारियानो डियास पनि टोलीमा रहेका छन् । चोट र कोरोना संक्रमणका कप्तान सर्जियो रामोस, राफयल भरान, लुकास भास्क्वेज र ड्यानी कार्भाहल टोलीमा हुनेछैनन् ।

यि दुई टोलीको पछिल्लो सबै चार भेटमा रियल विजयी भएका छन् । रियल सोही जितको लयलाई निरन्तरता दिने लक्ष्यमा हुदा लिभरपुल रियलसँगको हारको श्रृंखला तोड्ने दाउमा हुनेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.