default_image

3 years ago

April 22, 2021

सेगुनले ललितपुर सिटीबाट एनएसएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– यसै साता सुरु हुने खुकुरी नेपाल सुपर लिगको टोली ललितपुर सिटीले नाइजेरियन खेलाडी पिटर सेगुनलाई भित्राएको छ । लामो समयदेखि नेपालको लिगमा सक्रिय रहेका सेगुनले गत सिजन सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबमा आबद्ध थिए । ललितपुरले यसअघि क्रोएसियाका भिलिम पोनिस्कोभिक र अजरवैजानका नुलनी जाहिद नोभ्रुजोभलाई आबद्ध गरिसकेको छ । […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– यसै साता सुरु हुने खुकुरी नेपाल सुपर लिगको टोली ललितपुर सिटीले नाइजेरियन खेलाडी पिटर सेगुनलाई भित्राएको छ ।

लामो समयदेखि नेपालको लिगमा सक्रिय रहेका सेगुनले गत सिजन सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबमा आबद्ध थिए । ललितपुरले यसअघि क्रोएसियाका भिलिम पोनिस्कोभिक र अजरवैजानका नुलनी जाहिद नोभ्रुजोभलाई आबद्ध गरिसकेको छ ।

ललितपुरको प्रशिक्षकमा कुमार राई र मार्की खेलाडीमा अन्जन विष्ट रहेका छन् । दशरथ रंगशालामा शनिबार सुरु हुने लिगमा ७ टोलीको सहभागिता रहनेछ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.