default_image

5 years ago

April 23, 2021

धनगढी एफसीलाई सगरमाथा र एस–आयल सेभेनको साथ

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) सुरु हुन एक दिन अघि शुक्रबार धनगढी एफसीको एकै साथ दुई सह–प्रायोजक जोडिएका छन् । त्यसमा सगरमाथा सिमेन्ट र एस–आयल सेभेन छन् ।

सगरमाथा सिमेन्ट र एस–आयल सेभनसँग शुक्रबार सह प्रायोजकका रुपमा सम्झौता भएको विज्ञप्ती जारी गर्दै धनगढीले जानकारी दिएको छ । सम्झौता पत्रमा धनगढी एफसीका अध्यक्ष सुवास शाही तथा सगरमाथा सिमेन्टको उत्पादक कम्पनी घोराही सिमेन्ट इन्डिष्ट्रिजका मार्केटिङ प्रमुख प्रतिक अधिकारी तथा एस–आयल नेपालको आधिकारिक विक्रेता त्रिशुल अटोमोबाइल्सका अध्यक्ष दीलिप भट्टराईले हस्ताक्षर गरेका थिए ।

दुवै कम्पनीका लागि एक वर्षका लागि सम्झौता भएको हो । धनगढीले विराटनगर सिटी फुटबल क्लबविरुद्ध आइतबार पहिलो खेल खेल्दै एनएसएलको यात्रा थाल्नेछ । धनगढीको आइकोनिक प्लेयरका रुपमा राष्ट्रिय टोलीका कप्तान समेत रहेका गोलकिपर किरण चेम्जोङ हुन् । एनएसएलमा उनले धनगढीको कप्तानी पनि गर्नेछन् ।

गो ड्रिमर्स प्रालिको स्वामित्वमा रहेको धनगढी एफसीले राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई ‘मार्की खेलाडी’ का रुपमा आबद्ध गरेको थियो । टोलीले मुख्य प्रायोजकको रुपमा किया मोटर्सको अघिल्लो दिन सम्झौता गरेको थियो । धनगढीले एनएसएलमा प्रयोग गर्ने जर्सीको अघिल्लो भागमा किया मोटर्सको लोगो अंकित हुनेछ ।

आइकोनिक, मार्की, अक्सनबाट १४, दुई विदेशी र दुई स्थानिय खेलाडी गरि धनगढीमा २० खेलाडी रहेका छन् । टोलीका मुख्य प्रशिक्षकका रुपमा नाइजेरियाली तोपे फुजा र प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्व फरवार्ड समेत रहेका युगल किशोर राइ छन् । ७ टोलीको सहभागितामा दशरथ रंगशालामा शनिबार सुरु हुने घरेलु फुटबलको पहिलो फ्रेन्चाईज लिग जेठ १ गते सम्म सञ्चालन हुनेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.