default_image

5 years ago

April 23, 2021

एनएसएल विजेतालाई ३५ लाख

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– खुकुरी नेपाल सुपर लिग (एनएसएल) को विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । एनएसएल सुरु हुनु एक दिन अघि पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स म्यानेजमेन्टले विजेताको पुरस्कार राशी घोषणा गरेको हो । दोस्रो हुने टोलीले १५ लाख रुपैयाँ पाउने भएको छ ।

एनएलएलका हरेक विधा उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर, फरवार्ड र उदियमान खेलाडीले समान १ लाख रुपैयाँ प्राप्त गर्ने एनएसएलका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले जानकारी दिए । हरेक खेलको म्यान अफ दी म्याचले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै लिग चरणका सबै खेलमा ए श्रेणी र विदेशी खेलाडी बाहेकका एक जनालाई उदियमान खेलाडी घोषित गर्दै १० हजार रुपैयाँ प्रदान गरिनेछ । कोरोना महामारीका कारण दर्शक विना दशरथ रंगशालामा एनएसएल खेलाइने यसअघि नै आयोजकले जनाएको छ ।

उद्घाटन खेल शनिबार ५ः३० बजे काठमाडौ रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ । ७ टोलीको सहभागितामा सुरु हुने देशको पहिलो फ्रेन्चाई लिग एनएसएल जेठ १ गते सम्म चल्नेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.