default_image

3 years ago

April 23, 2021

जीतपुरसिमरा गोल्डकप –संकटा र एआरएलाई वर्षको पहिलो उपाधि जित्ने मौका

सुनील गाउँले, सिमरा विश्वकर्मा ११औं जीतपुरसिमरा गोल्डकपको उपाधीका लागि संकटा क्लब र अफ्रिकन रुट्स एशोसिएसन (एआरए) भिड्दैछन् । दुई टिमबीचको फाईनल भिडन्त सिमरा रंगशालामा शनिबार साझ हुदैछ । जीतपुरसिमरा गोल्डकपको आठौं संस्करणको विजेता संकटा दोस्रो पटक उपाधि जित्ने दाउमा रहदा पहिलो पटक सहभागिता जनाएको एआरए इतिहास रच्ने रणनितिमा हुनेछ । एआरए पाहुना टोलीको रुपमा पहिलो […]

49 views

0 Bookmark

सुनील गाउँले, सिमरा

विश्वकर्मा ११औं जीतपुरसिमरा गोल्डकपको उपाधीका लागि संकटा क्लब र अफ्रिकन रुट्स एशोसिएसन (एआरए) भिड्दैछन् । दुई टिमबीचको फाईनल भिडन्त सिमरा रंगशालामा शनिबार साझ हुदैछ ।

जीतपुरसिमरा गोल्डकपको आठौं संस्करणको विजेता संकटा दोस्रो पटक उपाधि जित्ने दाउमा रहदा पहिलो पटक सहभागिता जनाएको एआरए इतिहास रच्ने रणनितिमा हुनेछ । एआरए पाहुना टोलीको रुपमा पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको हो ।

यसअघिका खेलमा उत्कृष्ट प्रदर्शन गरेका दुवै टिमलाई उपाधिको दाबेदारको रुपमा हेरिएको छ । एआरएले आफनो पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ र आयोजक नव जनजागृति युवा क्लबलाई २–१ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । संकटाले भने क्वार्टरफाइनलमा विजय युथ क्लबलाई २–१ र सेमिफाइनलमा विभागिय टोली एपिएफ क्लबलाई ३–१ ले पराजित गर्दै उपाधि होडमा आफूलाई उभ्याएको हो ।

चालु सिजनमा संकटा र एआरएबीच दुई पटक भिडन्त हुँदा दुवै खेलमा संकटाले जित हासिल गरेको थियो । यसअघि चैतमा सम्पन्न आहा रारा गोल्डकपको उपाधी भिडन्तमा पनि यि दुई टिमको भेट भएको थियो । उक्त भिडन्तमा संकटाले टाईब्रेकमा एआरएलाई ४–३ ले स्तब्ध पारेको थियो ।

आहा रारापछि विराट गोल्डकप पुगेका दुबै टिम एकअर्काविरुद्ध मैदानमा उत्रिए । उक्त खेलमा पनि संकटाले १–० को जित निकालेको थियो । यसअघिका दुवै भिडन्तमा जितको नतिजा निकालेको संकटा जीतपुरसिमरा गोल्डकपको फाइनलमा उच्च मनोबलसहित मैदानमा उत्रनेछ । ‘एआरए बलिया टिम हो, तर यसअघिका दुई खेलको नतिजाले हाम्रो मनोबल उच्च छ’ संकटाका कप्तान सुभाष गुरुङले भने,’तेस्रो भिडन्तमा पनि हामी उस्तै नतिजा निकाल्नेमा विश्वस्त छौ ।’

यसअघिका दुई खेलमा चुनौती पस्किएकाले तेस्रो भिडन्तको नजिता भने आफ्नो पक्षमा जाने एआरएका कप्तान डिए स्याल्भियोको भनाई छ । ‘खेलमा हारजित हुन्छ, तर हामीले यसअघि उत्कृष्ट खेल पस्किएका छौ । संकटाले सहज जित हात पारेको छैन्’ स्याल्भियोले भने ,‘यो पटक जित्ने रणनितिसहित हामी मैदानमा उत्रनेछौ ।’

फाईलनसम्मको यात्रामा दुई टिमबाट उत्कृष्ट खेल प्रदर्शन गरेका दुवै टिमका एक÷एक खेलाडीले उपाधी भिडन्त गुमाउनेछन् । एआरएका ए फ्याब्रिक र संकटाका फोडे फोफना फाईनलमा देखिने छैनन् । यसअघिको दुबै खेलमा दुबै खेलाडीले पहेलो कार्ड पाएकाले उनिहरुले अन्तिम खेल गुमाउने भएका हुन् ।

एआरएलाई पराजित गरे संकटाको जारी सिजनमा यो दोस्रो उपाधि हुनेछ । यसअघि आहारारा गोल्डकपको उपाधि संकटाले जितेको थियो । एआरएको पनि यो दोस्रो उपाधि हुनेछ । एआरएले यसअघि चितवनको विजय स्मृति गोल्डकप प्रतियोगिता जितेको थियो ।

प्रतियोगिताको विजेताले ७ लाख र दोस्रो टोलीले ३ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल र विधागत उत्कृष्ट भएका खेलाडीले जनही १५ हजार नगद प्राप्त गर्ने क्लबका अध्यक्ष रामचन्द्र लामाले बताए । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.