default_image

5 years ago

April 23, 2021

एनएलएल- सहभागी ७ टोलीका प्रशिक्षकको आशा

144 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद) – कोरोना महामारीको दोस्रो लहरको असर देखिन थालेपछि घरेलु फुटबलको पहिलो फ्रेन्चाईज लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) हुने नहुनेमा शंका थियो । सरकारले रंगशालामा दर्शकसहितको खेल आयोजना गर्न नपाईने निर्णय गर्यो । त्यसको अर्थ विना दर्शक खेल आयोजनाका लागि बाटो खेलेपछि शनिबारबाट एनएसएल सुरु हुँदैछ ।

७ टोलीको सहभागितामा सुरु हुने लिगले तीन साता फुटबल समर्थकका बीचमा चर्चाको विषय बन्ने छ । दुई वर्षअघि घोषणा भएपछि विभिन्न कारणले हुन नसेकेको एनएसएल यसपटक पनि होला र भन्ने शंका नभएको होइन । तर, आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स म्यानेजमेन्ट कुनै पनि मूल्यमा गरि छाड्ने मुडमा देखियो । त्यसमा अखिल नेपाल फुटबल संघ (एन्फा) र लिगका सहभागी टोलीको मुख्य साथ रह्यो । त्यसैले पहिलो पटक विना दर्शक पनि फुटबल आयोजनाको अभ्यास हुने भएको छ ।

दशरथ रंगशालामा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच साँझ ५ः३० बजे उद्घाटन खेल हुँदैछ । एनएसएल सुरु हुने अघिल्लो दिन सहभागी टोलीका प्रशिक्षकले आ आफ्नो तयारीका बारेमा बोलेका छन् ।

बालगोपाल महर्जन (प्रशिक्षक, काठमाडौ रेजर्स)

‘तयारीको लागि पर्याप्त समय भएन । मलाई लाग्छ यो सबैका लागि उस्तै समस्या हो । जति समय तयारी गर्न पायौं हामी त्यतिमा भने सन्तुष्ट छौं । तयारीका आधारमा राम्रो नतिजा आउने आशा राखेका छौ. । अरुको जस्तै हाम्रो पनि लक्ष्य उपाधि उचाल्नु नै हो । राम्रो गर्ने प्रयास गर्नेछौं ।’ राष्ट्रिय टोलीका गोलकिपर विकेश कुथु काठमाडौं रेजर्सका मार्की खेलाडी हुन् ।

प्रदीप हुमागाई (प्रशिक्षक, ललितपुर सिटी एफसी)

‘पहिलो दिननै हाम्रो खेल छ । हामी तयार छौं । तयारी राम्रो छ । उपाधि नै हाम्रो लक्ष्य हो । म आफै लामो समयपछि घरेलु फुटबलमा फर्केको छ । आफूलाई प्रमाणित गर्न पनि टोलीमा राम्रो नतिजा ल्याउनुपर्ने छ ।’ राष्ट्रिय टोलीका मिडफिल्डर अन्जन विष्ट ललितपुरका मार्की खेलाडी हुन् ।

मेघराज केसी (प्रशिक्षक, एफसी चितवन)

‘माथिल्लो स्तरको प्रतियोगिताका लागि तयारी समय कम भएको छ । हामीले जति समय पायौं राम्रो तयारीको कोसिश गर्यौं । यसमा विदेशी खेलाडीको भूमिका निर्णायक हुन्छ । हाम्रा टोलीका विदेशी खेलाडी राम्रो रहेकाले उपाधिको आशा राखेका छौंं ।’ राष्ट्रिय टोलीका फरवार्ड भरत खवास टोलीका मार्की खेलाडी हुन् ।

राजेश शाही ( सहायक प्रशिक्षक, पोखरा थन्डर्स)

‘१२ दिन पोखरामा अभ्यास गर्यौं । तयारी राम्रो छ । समय कम भएपनि प्रशिक्षण राम्रो भएको छ । एनएसएल घरेलु पुटबलमा राम्रो सुरुवात भएको छ । नेपाल सुपर लिगले खेलाडीसँगै नेपाली फुटबलको पनि महत्व बढाउने विश्वास लिएका छौं ।’ राष्ट्रिय टोलीका फरवार्ड नवयुग श्रेष्ठ पोखराका मार्की खेलाडी हो ।

एन ल (विराटनगर सिटी एफसी)

‘पहिलो संस्करणको विजेतालाई सबैले सम्झिरहन्छन् । त्यसैले यो उपाधि जितेर हामी यादगार बनाउन चाहन्छौँ। प्रतियोगिताका लागि हामीले मिहिनेत गरेका छौं । खेलको बीचमा समय कम रहेकोले प्रतिस्पर्धा पनि बढी नै हुन्छ ।’ रञ्जित धिमाल टोलीका मार्की खेलाडी हुन् ।


युगलकिशोर राई ( प्रशिक्षक, धनगढी एफसी)

‘राम्रो प्रदर्शनका साथ खेल्दै उपाधि जित्ने हाम्रो लक्ष्य हो । हामीसँग ३ जना विदेशी खेलाडी छन् । त्यसमा कप्तान किरण लिम्बु पनि विदेशी खेलाडीकै कोटाबाट एनएसएल खेल्नेछन् ।’ राष्ट्रिय टोलीका कप्तान समेत रहेका गोलकिपर किरणलाई आइकोनिक खेलाडीका रुपमा लिएको धनगढीले राष्ट्रिय टोलीका अर्का सदस्य विशाल राईलाई मार्की खेलाडीका रुपमा भित्राएको थियो ।

सनोज श्रेष्ठ (प्रशिक्षक, बुटबल लुम्बनी एफसी)

‘खेलाडीहरु एकअर्कासँग घुलमिल भएका छन् । शतप्रतिशत नजिता दिने गरि तयारी गरेका छौं । केही सामान्य इन्जुरी भएपनि ठूलो इन्जुरीहरु छैन । खेलाडी फिट छन्। जुनियर खेलाडीले पनि प्रशिक्षणमा राम्रो गरेका कारणले हामीले उपाधि जित्ने लक्ष्य राखेका छौं ।’ गोलकिपर विशाल श्रेष्ठ टोलीका मार्की खेलाडी हुन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.