default_image

5 years ago

April 24, 2021

एफसी चितवनको जर्सी सार्वजनिक

123 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– घरेलु फुटबलमा पहिलो पटक शनिबार सुरु हुने फ्रेन्चाईज फुटबल लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) को सहभागी टोली एफसी चितवनले शनिबार जर्सी सार्वजनिक गरेको छ ।

एफसी चितवनले शनिबार एक कार्यक्रममा आयोजना गर्दै लिनिङ ब्रान्डले प्रायोजन गरेको जर्सी शनिबार डिजिटल माध्ययमबाट सर्वाजनिक गरेको हो । डिस होमको मुख्य प्रायोजक रहेको चितवन टोलीले एनएसएलमा लिनिङ ब्रान्डको जर्सी प्रयोग गर्नेछ । टोलीले यस अघि नै किट्स पार्टनरको रुपमा लिनिङसँग सम्झौता गरेको थियो ।

एफसी चितवनका प्रबन्ध निर्देशक सचिन ढकाल र लिनिङका प्रबन्धक कृतराज महर्जनले डिजिटल माध्ययमबाट जर्सी सार्वजनिक गरे । उनीहरुले टोलीले प्रयोग गर्ने होम एण्ड अवे गरि दुई खाले जर्सी सार्वजिनक गरेका हुन् । मेघराज केसी मुख्य र शैलेश कर्माचार्य सहायक प्रशिक्षक रहेको चितवनका मार्की खेलाडीमा राष्ट्रिय टोलीका फरवार्ड खेलाडी भरत खवास रहेका छन् । टोलीमा दुई इजिप्सियन र एक सर्वियन खेलाडी छन् ।

दशरथ रंगशालामा जेठ १ गते सम्म सञ्चालन हुने एनएसएलमा सोमबार ललितपुर सिटी फुटबल क्लबसँग खेल्दै चितवनले यात्राको सुरुवात गर्नेछ । एसएसएलको शनिबार हुने उद्घाटन खेलमा ललितपुरले काठमाडौं रेजर्सको सामना गर्नेछ । उपाधि जित्ने लक्ष्यका साथ अभ्यास गरिरहेको टोलीका मुख्य प्रशिक्षक केसीले बताए । एनएसएलमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता राउन्ड रोविन लिग प्रणालीका आधारमा सञ्चालन हुनेछ ।

एनएसएलमा राउन्ड रोविनका २१, प्लेअफ, क्लालिफायर, इलिमिनेटर र फाइनल गरि २५ खेल हुनेछन् । एनएसएलको पहिलो संकरणको विजेता उपाधिसहित ३५ र दोस्रो हुने टोलीले १५ लाख प्राप्त गर्नेछ । विधागत उत्कृष्ट र उदियमान खेलाडीले समान १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै हरेक खेलमा म्यान अफ दी म्याचले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स प्रालीले जनाएको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.