5 years ago
April 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं रेजर्सले ललितिपुर सिटी एफसीविरुद्ध खुकुरी नेपाल सुपर लिग (एनएसएल) उद्घाटन खेलमा अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा काठमाडौंले १-० को अग्रता बनाएको हो । ६६ औं मिनेटमा मेसौके ओलुमोउको गोलबाट काठमाडौंले अग्रता बनाएको हो ।
दशरथ रंगशालामा दुवै टोलीले गोलका लागि केहि अवसर पाए पनि गोल गर्न सकेनन् । मुख्य प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा रहेको काठमाडौंको कप्तानी गोलकिपर विकेश कुथुले गरेका छन् । ललितपुरको कप्तानी अन्जन विष्टले गरेका छन् भने प्रशिक्षक प्रदिप हुमागाई हुन् ।
घरेलु फुटबलमा पहिलो पटक आयोजित फ्रेन्चाइज फुटबलमा ७ टोलीको सहभागिता छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]