5 years ago
April 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुर सिटी एफसीलाई १-०ले हराउँदै काठमाडौंलेल घरेलु फुटबलको पहिलो फ्रेन्चाईज लिगमा जितबाट सुरुवात गरेको छ । ६६ औं मिनेटमा मेसौके ओलुमोउको गोलबाट काठमाडौंले अग्रता बनाएको थियो । त्यहि गोल खेलको निर्णायक बन्यो। एनले अर्का विदेशी खेलाडी स्टेफन समिरले प्रहार गरेको बललाई गोलरक्षकले रिबाउन्ड गरेको बललाई पोष्टको दिशा दिएका थिए।
त्यसअघि खेलको ३३ औं मिनेटमा काठमाडौका स्टेफनको प्रहार बारमा लागेर फर्कदा अग्रता बनाउनबाट चुकेको थियो। खेलको ७१ औं मिनेटमा ललितपुरका नुर्लान जहिदले गरेको प्रहार गोलरक्षक विकेश कुथुले राम्रो बचाउ गरे। दोस्रो हाफको अतिरिक्त समयमा गरेको दुई प्रहारलाई विकेशले रोक्दा ललितपुरले बराबरी गर्न सकेन ।
काठमाडौले ३ विदेशी खेलाडी मैदान उतार्दा ललितपुरको साथमा २ विदेशी खेलाडी थिए। काठमाडौंका सन्जोक राई म्यान अफ दी म्याच र विश्वास श्रेष्ठ उदीयमान खेलाडी घोषित भए । सन्जोकले २५ हजार र विश्वासले १० हजार रुपैयाँ प्राप्त गरे ।
एनएसएलमा आइतबार विराटनगर सिटी एफसी र धनगढी एफसीबीच खेल दिउँसो २ः३० बजे खेल सुरु हुनेछ। आइतबार नै साँझ ५ः३० बजे दोस्रो खेलमा लुम्बिनी एफसीले पोखरा थन्डर्सको सामना गर्नेछ।
घरेलु फुटबलमा पहिलो पटक आयोजित फ्रेन्चाइज फुटबलमा ७ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् ।
व्यक्तिगत विधातर्फका उत्कृष्टले जनही १ लाख तथा उत्कृष्ट युवा खेलाडीले पनि १ लाख रुपैया हात पार्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार रुपैयाँ पाउने छन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]