default_image

3 years ago

April 25, 2021

आयोजकलाई कनकाई भेट्रान्स कप उपाधि

सुरुङ्गा (हाम्रो खेलकुद) – पाहुना टोली हाम्रो इटहरी भेट्रान्स क्लबलाई ३–० ले हराउँदै आयोजक कनकाई भेट्रान्स क्लबले झापाको सुरुङ्गामा सम्पन्न कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विजयी टोलीले उपाहिसहित १ लाख १ हजार रुपैयाँ र हाम्रो इटहरीले ६१ हजार रुपैयाँमा प्राप्त गर्यो । कनकाई माविको खेल मैदानमा शनिबार भएको फाइनलमा कनकाईले हाम्रो […]

30 views

0 Bookmark

सुरुङ्गा (हाम्रो खेलकुद) – पाहुना टोली हाम्रो इटहरी भेट्रान्स क्लबलाई ३–० ले हराउँदै आयोजक कनकाई भेट्रान्स क्लबले झापाको सुरुङ्गामा सम्पन्न कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विजयी टोलीले उपाहिसहित १ लाख १ हजार रुपैयाँ र हाम्रो इटहरीले ६१ हजार रुपैयाँमा प्राप्त गर्यो ।

कनकाई माविको खेल मैदानमा शनिबार भएको फाइनलमा कनकाईले हाम्रो इटहरीलाई सुरुवातदेखि नै दबाबमा राखेको थियो । हाम्रो इटहरीले केही मुभ बनाए पनि गोल गर्न भने सकेन । खेलको १३ औँ मिनटमा कनकाईका रमेश गुरुङले गोल गर्दै अग्रता दिलाएका थिए । हाम्रो इटहरीको फितलो रक्षापंक्तिको फाइदा उठाउँदै सन्तोष बस्नेतले उपलब्ध गराएको क्रसलाई रमेशले गोलको दिशा दिएका थिए ।

त्यस्तै, रमेशको पासमा सन्तोषले टोलीका लागि २४ औँ मिनेटमा दोस्रो गोल गरेका थिए । ४४ औँ मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । गोलपोस्टको दायाँ बार च्यापेर सन्तोषले गरेको प्रहार गोलरक्षको हातबाट फुस्किएर गोलमा परिणत भएको थियो ।
१६ र २० औँ मिनेटमा नरेन्द्रमणि लिम्बूको दुईवटा हेडर हाम्रो इटहरीका गोलरक्षक देव कान्तले बचाएका थिए । फाइनलको म्यान अफ द म्याच आयोजक कनकाईका सन्तोष बस्नेत भए । उनलाई ढुवानी व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा युवा व्यवसायी श्याम प्रसाईंले २ हजार रुपैयाँ प्रदान गरे ।

प्रतियोगिताभरिको उत्कृष्ट गोलरक्षक कनकाईका सञ्जय ठाकुर भए । उनले २ हजार रुपैयाँ पाए । उत्कृष्ट खेलाडी रमेश गुरुङ घोषित भए र उनले ५ हजार रुपैयाँ पाए । विजेता तथा उपविजेता टोलीलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मञ्जु प्रसाईंलगायतले पुरस्कार वितरण गरेका थिए । कनकाई भेट्रान्स क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ वटा टिम सहभागी थिए ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.