5 years ago
April 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा आज दुई खेल हुँदै छन् । लिगको दोस्रो दिन पहिलो खेलमा विराटागर सिटी एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुने छ । खेल दिउँसो २:३० बजेबज दशरथ रंगशालामा सुरु हुने छ ।

दुवै टोली लिगमा विजयी सुरुवात गर्ने सोचमा छन् । विराटनगरको मार्की खेलाडीमा रञ्जित धिमाल छन् । धनगढीमा राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ आइकोनिक खेलाडी हुन् । धनगढीको प्रशिक्षकमा युगलकिशोर राई र विराटनगरको प्रशिक्षकमा एन ल छन् । विशाल राई मार्की खेलाडीको रुपमा धनगढीमा छन् । किरण पाँच वर्षपछि लिग खेल्दै छन् ।
दोस्रो खेलमा पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफिसीबीच साँझ ५:३० बजे प्रतिस्पर्धा हुने छ । पोखरामा फरवार्ड नवयुग श्रेष्ठ मार्की खेलाडीको रुपमा छन् । पोखरा प्रशिक्षक नविन न्यौपाने छन् । बुटवलमा गोलरक्षक विशाल श्रेष्ठ मार्की खेलाडीको रुपमा हुँदा प्रशिक्षकमा सनोज श्रेष्ठ छन् ।
शनिबार भएको पहिलो खेलमा काठमाडौं रेजर्सले खुकुरी ललितपुर सिटी एफसीलाई १-० ले हराउँदै विजयी सुरुवात गरेको थियो । घरेलु फुटबलमा पहिलो पटक आयोजित फ्रेन्चाइज फुटबलमा ७ टोलीको सहभागिता छ ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधातर्फका उत्कृष्टले जनही १ लाख तथा उत्कृष्ट युवा खेलाडीले पनि १ लाख रुपैया हात पार्नेछन् । हरेक खेलको ‘म्यान अफ दि म्याचले २५ हजार रुपैयाँ पाउने छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]