5 years ago
April 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा एक खेलमा मात्रै प्रतिस्पर्धा हुदा ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुदैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजेपछि हुनेछ । अन्जन विष्टको कप्तानीमा रहेको ललितपुर पहिलो जित निकाल्ने लक्ष्यमा मैदानमा उत्रनेछ । ललितपुर पहिलो खेलमा काठमाडौं रेजर्ससँग १–० ले पराजित भएको थियो ।
ललितपुरसँग कप्तान अन्जन विष्ट, कमल श्रेष्ठ, प्रवेश दनुवार, मिक्चेन तामाङ, एरिक विष्ट, नविन लामा, विमल राना, सरोज योन्जन लामा, रन्जन विष्ट, निरोज बस्नेत, पाल्साङ लामा, गौरव बुढाथोकी र गोलरक्षक अर्पण कार्की रहँदा विदेशी खेलाडीको रुपमा नुर्लान नोभरुजोभ, भिलिम पोसिन्कोभिक र पिटर सेगुन रहेका छन् । श्रम स्वीकृति नमिलेका कारण पिटरले काठमाडौं विरुद्धको खेल गुमाएका थिए । सम्भवत उनले आजको खेल खेल्ने सम्भावना छ ।
हिडन ट्यालेन्टका रुपमा ललितपुरले डोना थापालाई पनि भित्राएको छ । गत वर्ष चोट मुक्त भएर फर्केका मिडफिल्ड डोनाले गत वर्ष बी डिभिजन लिग समेत खेलेका थिए । त्यस्तै पछिल्ला दिनमा उनी मोसफलका नकआउट प्रतियोगितामा व्यस्त थिए । मछिन्द्र क्लबबाट विराटगोल्ड कप खेलेका डोनाले जीतपुरसिमरा गोल्ड कपमा आयोजन नवजागृती युवा क्लबबाट उत्रेका थिए । एनएसएललाई लिएर आफू उत्साहित रहेको जनाउँदै डोनाले भने,‘ अन्तिम समयमा आएर मात्र टोलीमा जोडिए । एक दिन मात्र टोलीसँग अभ्यास गरे । मौका पाए भने आफ्नो तर्फबाट शतप्रतिशत दिनेछु ।’
परिस्थिति अनुसार डोनाले खेल्ने अवसर पाउने ललितपुरका प्रशिक्षक प्रदीपक हुमागाईले जनाए । ‘ कमब्याकपछि पछिल्लो समय उनले राम्रो गरिरहेका छन् , उनले भने,‘ टोलीको आवश्यकता अनुसार हामी उनलाई प्रयोग गर्नेछौं । ठ्याकै कुन खेलमा मौका पाउँछन् । त्यो भन्दा सकिन्न ।
यता, चितवन पनि ललितपुरलाई स्तब्ध पार्दै एनएसएलमा सुखद सुरुवात गर्न चहान्छ । चितवनसँग कप्तान तथा मार्की खेलाडी भरत खवास, विकास तामाङ, शिशिर लेखी, कुलदिप कार्की, मनिष थापा, रुप बहादुर लामा, अमित तामाङ, विकास खवास, विश्व अधिकारी, राजीव लोप्चन, टेक बहादुर बुढाथोकी र गोलरक्षक रोमन रसाइली रहेका छन् । विदेशी खेलाडीको रुपमा गोरान जर्काेभिच, अहमद गाबल्ला र इएल सायद सावान रहेका छन् ।
एनएसएलमा हालसम्म तीन खेल सम्पन्न हुदा काठमाडौं रेजर्स, विराटनगर सिटी एफसी र बुटवल लुम्विनी फुटबल क्लबले समान ३ अंक जोडेका छन् । ललितपुर, धनगढी सिटी एफसी र पोखरा थन्डर्सले अंकको खाता खोल्न सकेका छैनन् ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधातर्फका उत्कृष्टले जनही १ लाख तथा उत्कृष्ट युवा खेलाडीले पनि १ लाख रुपैया हात पार्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार रुपैयाँ पाउने छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]