default_image

3 years ago

April 28, 2021

बुटवल लुम्बिनीको पूनरागमनसँगै चितवन जितबाट वञ्चित

काठमाडौं (हाम्रो खेलकुद) – दुई गोलको अग्रता जोगाउन नसक्दा एफसी चितवनले पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा बुटवल लुम्विनीसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । दुई गोलले पछि परेको अवस्थामा बुटवल लुम्विनीले उत्कृष्ट पूनरागमन गर्दै बराबरी गरेपछि चितवन जितबाट वञ्चित बन्यो । चितवनका लागि जर्जप्रिन्स कार्की र टेक बहादुर बुढाथोकीले गोल […]

60 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुई गोलको अग्रता जोगाउन नसक्दा एफसी चितवनले पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा बुटवल लुम्विनीसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

दुई गोलले पछि परेको अवस्थामा बुटवल लुम्विनीले उत्कृष्ट पूनरागमन गर्दै बराबरी गरेपछि चितवन जितबाट वञ्चित बन्यो । चितवनका लागि जर्जप्रिन्स कार्की र टेक बहादुर बुढाथोकीले गोल गर्दा बुटवल लुम्विनीका आशिष लामा र लक्ष्मण रुचालले बराबरी गोल फर्काएका थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको आठौं मिनेटमा ओमोलाजा करिम नुरेनको पेनाल्टी बक्सबाहिरको सशक्त प्रहार क्रसबारबाट थोरै माथिबाट बाहिरिदा बुटवल लुम्विनी अग्रता लिनबाट चुक्यो । १५औं मिनेटमा जर्जप्रिन्सले गोल गर्दै चितवनलाई १–० को अग्रता दिलाए । गोरान जर्काेभिचले दिएको पासलाई सिक्स यार्ड बक्सभित्र ओमोलाजा नुरेन करिमले क्लियर गर्न नसकेको बललाई जर्जप्रिन्सले ट्यापिङमा गोल गरेका हुन् ।

त्यसको तीन मिनेटपछि नै १८औं मिनेटमा टेक बहादुर बुढाथोकीले गोल गरेपछि चितवनले २–० को अग्रता लिएको थियो । उनले सिमन्त थापाको क्रसमा गोलरक्षक विशाल श्रेष्ठले बचाउन नसकेको बललाई दोस्रो प्रयासमा गोल गर्न सफल भएका थिए । २५औं मिनेटमा अर्मान्डको प्रहार क्रसबारमा लागेर फर्कदा बुटवल लुम्विनी गोल अन्तर कम गर्नबाट चुक्यो ।

३१औं मिनेटमा आशिष लामाले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । पेनाल्टी बक्सबाहिरबाट गरेको सशक्त प्रहार गोलरक्षक विशाल सुनारले बचाउने प्रयास गरेपनि सफल भएन । ३७औं मिनेटमा जर्जप्रिन्स कार्कीले सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न सकेन । ३९औं मिनेटमा अर्मान्डको प्रहारलाई गोलरक्षक विशाल सुनारले ब्लक गर्दै बुटवल लुम्विनीको गोल टारे ।

५५औं मिनेटमा सुमन लामाको प्रहार दोस्रो बारबाट थोरै बाहिरिदा बुटवल लुम्विनी बराबरीबाट चुक्यो । ५८औं मिनेटमा गोरान जर्काेभिचको प्रहारलाई बुटवल लुम्विनीका गोलरक्षक तथा कप्तान विशाल श्रेष्ठले दोस्रो प्रयासमा नियन्त्रणमा लिए । ६५औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । विराज महर्जनको क्रसलाई गोलरक्षक विशाल सुनारले अघि बढेर पञ्च गर्ने प्रयास गरेपनि फुत्काएको बललाई लक्ष्मणले जाली चुमाएका थिए ।

६८औं मिनेटमा रुप बहादुर लामाको प्रहारलाई बुटवल लम्विनीका गोलरक्षक विशाल श्रेष्ठले पञ्च गर्दै बचाउँदा चितवन अग्रता लिनबाट चुक्यो । ८०औं मिनेटमा अमिर श्रेष्ठको क्रसमा अर्मान्डको हेडरलाई विशालले ब्लक गर्दै बचाए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

बुटवल लुम्विनीका लक्ष्मण रुचाल इमर्जिङ प्लेयर अफ दि म्याच चुनिए । उनले १० हजार रुपैयाँ हात पारे । एफसी चितवनका जर्जप्रिन्स कार्की खेलको प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार रुपैयाँ हात पारे ।

चितवनले लगातार दोस्रो बराबरीको नतिजा निकालेको हो । चितवनले पहिलो खेलमा ललितपुर सिटी एफसीसँग १–१ गोलको बराबरी खेलेको थियो । बुटवल लुम्विनीको यो पहिलो बरारबी हो । यसअघि बुटवल लुम्विनीले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० ले हराएको थियो । बराबरीपछि चितवनको दुई खेलबाट २ अंक पुगेको छ । बुटवल लुम्विनीको २ खेलबाट ४ अंक पुगेको छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.