default_image

5 years ago

April 28, 2021

नवयुगको गोलमा पोखराको जित

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आर्मीका फरवार्ड नवयुग श्रेष्ठको गोलमा पोखरा थन्डर्सले पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विराटनगर सिटी एफसीलाई १–० ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नवयुगले खेल सकिन ७ मिनेट बाँकी रहँदा गरेको गोल नै पोखराको जितमा निर्णायक बन्यो । नवयुगले ८३औं मिनेटमा मौसा अब्बाको फ्रिकिकलाई हेडमार्फत गोल गरेका हुन् ।

खेलको ११औं मिनेटमा मौसा अब्बाले वान भर्सेस वानको अवस्थामा गरेको प्रहार आकासिदा पोखरा थन्डर्स अग्रता लिनबाट चुक्यो । अघिल्लो खेलमा धनगढीलाई ३–० ले हराएको विराटनगरले पोखराविरुद्ध गतिलो आक्रमण बुन्न सकेको छैन । ४४औं मिनेटमा पेड्रो मान्जीले गोलरक्षक दिप कार्कीलाई बिट गर्दै गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा विराटनगर अग्रता लिनबाट चुक्यो ।

५४औं मिनेटमा हेम तामाङको ब्याक पासलाई नवयुग श्रेष्ठले भेट्दै गरेको प्रहार गोलरक्षक किशोर गिरीले पञ्च गर्दै बचाए । ६१औं मिनेटमा रवि पासवानले पेनाल्टी बक्सबाहिरबाट गरेको सशक्त प्रहार क्रसबारमा लागेर बाहिरिदा पोखराले अग्रता लिन सकेन । ८३औं मिनेटमा नवयुगले गोल गर्दै पोखरालाई १–० को अग्रता दिलाएका हुन् । मौसा अब्बाको फ्रिकिकमा नवयुगले अघि बढ्दै हेडमार्फत गोल गरेका हुन् ।

जितपछि पोखराले २ खेलबाट ३ अंक जोडेको छ । पराजित विराटनगरको दुई खेलबाट ३ अंक छ । पोखराका नितिथ थापा इमर्जिङ प्लेयर अफ दि म्याच चुनिए । उनले १० हजार रुपैया हात पारे । पोखराकै नवयुग श्रेष्ठ प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे ।

एनएसएलमा बिहीबार ललितपुर सिटी एफसी र धनगढी सिटी एफसीबीच प्रतिस्पर्धा हुदैछ । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ ।

राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधातर्फका उत्कृष्टले जनही १ लाख तथा उत्कृष्ट युवा खेलाडीले पनि १ लाख रुपैया हात पार्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार रुपैयाँ पाउने छन् ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.