5 years ago
April 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज (बिहीबार) एक खेलमा मात्रै प्रतिस्पर्धा हुँदा ललितपुर सिटी एफसीले धनगढी एफसीको सामना गर्दैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजेपछि हुनेछ । दुई खेलमा जित निकाल्न नसकेको ललितपुर धनगढीलाई हराउँदै लिगमा पहिलो जित निकाल्ने लक्ष्यमा मैदानमा उत्रनेछ । ललितपुर पहिलो खेलमा काठमाडौं रेजर्ससँग १–० ले पराजित हुदा एफसी चितवनसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । दुई खेलबाट १ अंक जोडेर पुछारमा रहेको ललितपुरलाई उपाधि होडमै फर्कन पनि जितको खाँचो छ ।
टोलीसँग मार्की खेलाडी तथा कप्तान अन्जन विष्ट, कमल श्रेष्ठ, प्रवेश दनुवार, मिक्चेन तामाङ, एरिक विष्ट, नविन लामा, विमल राना, सरोज योन्जन लामा, रन्जन विष्ट, निरोज बस्नेत, पाल्साङ लामा, गौरव बुढाथोकी र गोलरक्षक अर्पण कार्की रहँदा विदेशी खेलाडीको रुपमा नुर्लान नोभरुजोभ, भिलिम पोसिन्कोभिक र पिटर सेगुन रहेका छन् ।
श्रम स्वीकृति नमिलेका कारण पिटरले सुरुवाती दुई खेल गुमाएका थिए । सम्भवत उनले धनगढीविरुद्ध खेल्ने सम्भावना छ । हिडन ट्यालेन्टका रुपमा ललितपुरले डोना थापालाई पनि भित्राएको छ ।

यता, धनगढी ललितपुरलाई हराउँदै लिगको शीर्षस्थानमा उक्लने लक्ष्यमा हुनेछ । पहिलो खेलमा विराटनगरसँग ३–० ले पराजित धनगढीले दोस्रो खेलमा काठमाडौं रेजर्समाथि ३–० को जित निकालेको थियो । दुई खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा रहेको धनगढीले ललितपुरलाई हराउन सके बुटवल लुम्विनी र विराटनगर सिटी एफसीलाई पछि पार्नेछ ।
काठमाडौंविरुद्ध दुई गोल गरेका ओलावाले ओलाडिपो आफिज नै टोलीका लागि मुख्य हतियार हुनेछन् । उनीसँगै राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ, विशाल राई, दिनेश राजवंशी, विवेक बस्नेत, अशोक खवास, निशान खड्का, टंक बस्नेत, पुजन उपरकोटी, दर्शन गुरुङ, युद्ध शाही पनि टोलीमा रहेका छन् । यस्तै सौजन याख्खा राई, टेकेन्द्र थापा, विजय श्रेष्ठ र निराजन महर्जन टोलीमा रहँदा चोटका कारण योगेश गुरुङले खेल्ने सम्भावना न्युन छ ।
दोस्रो राउन्डको खेल सकिदा बुटवल लुम्बिनी ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक रहेपनि गोल अन्तरमा विराटनगर दोस्रो, धनगढी तेस्रो, काठमाडौं चौथो र पोखरा पाँचौ स्थानमा रहेको छ । चितवन दुई अंक जोडेर छैटौ स्थानमा रहँदा १ अंक जोडेको ललितपुर पुछारमा रहेको छ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]