5 years ago
April 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नुर्लान नोब्रुजोभ जाहिद पेनाल्टीमा चुक्दा ललितपुर सिटी एफसीले र धनगढी एफसीसँग खुकुरी नेपाल सुपर लिग (एनएसएल) को पहिलो हाफमा गोलरहित बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बल पोसेसनमा पकड बनाउँदै आक्रमण बुनेपनि ललितपुर सिटी एफसीले फिनिसिङ गर्न सकिरहेका छैनन् ।
खेलको पाँचौ मिनेटमा मार्की खेलाडी तथा कप्तान अन्जन विष्टले गोल गरेपनि उनको गोलले मान्यता पाएन ।
नविन लामाको पासमा विमल रानाको प्रहारलाई धनगढीका कप्तान तथा आइकोनिक खेलाडी किरण चेम्जोङले नियन्त्रणमा लिन नसक्दा रिवाउन्डमा आएको बललाई अन्जनले जाली चुमाएपनि उनी त्यसअघि नै अफसाइड पोजिसनमा रहेका थिए । २२औं मिनेटमा भिलिम पोसिलिन्कोभिकको प्रहारलाई गोलरक्षक किरणले सहजै नियन्त्रणमा लियो ।
२७औं मिनेटमा नविन लामाको फ्रिकिकलाई पाल्साङ लामाले ब्याकहिलमार्फत दिएको पासलाई एरिक विष्टले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार दोस्रो बार च्याप्दै बाहिरिदा ललितपुर अग्रता लिनबाट चुकेको थियो ।
४२औं मिनेटमा अन्जन विष्टको प्रहारलाई दिनेश राजवंशीले गोललाइनबाट क्लियर गर्दा ललितपुर अग्रता लिनबाट चुक्यो । ४३औं मिनेटमा कप्तान किरण चेम्जोङले अन्जन विष्टलाई एल्वो प्रहार गरेपछि रेफ्रीले ललितपुरलाई पेनाल्टी प्रदान गरेको थियो । तर, ४४औं मिनेटमा नुर्लान नोब्रुजोभ जाहिदको पेनाल्टीलाई किरणले सहजै बचाउदै धनगढीको खतरा टारे । दोस्रो हाफ केहीबेरमा शुरु हुनेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]