default_image

3 years ago

April 30, 2021

शीर्षस्थानमा उक्लन काठमाडौं र पोखरा भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा आज (शुक्रबार) एक खेलमा प्रतिस्पर्धा हुदा काठमाडौं रेजर्स र पोखरा थन्डर्सबीच खेल हुँदैछ । काठमाडौं र पोखराबीचको खेल साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । दुवै टोली लिगमा दोस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लने योजनामा हुनेछन् । काठमाडौं दुई खेलबाट ३ अंक जोडेर चौथो तथा […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा आज (शुक्रबार) एक खेलमा प्रतिस्पर्धा हुदा काठमाडौं रेजर्स र पोखरा थन्डर्सबीच खेल हुँदैछ ।

काठमाडौं र पोखराबीचको खेल साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । दुवै टोली लिगमा दोस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लने योजनामा हुनेछन् । काठमाडौं दुई खेलबाट ३ अंक जोडेर चौथो तथा पोखरा दुई खेलबाटै ३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

काठमाडौंले पोखरालाई हराउन सके बुटवल लुम्विनी, धनगढी र विराटनगरलाई पछि पार्दै शीर्षस्थानमा उक्लनेछ । काठमाडौंले पहिलो खेलमा ललितपुरलाई १–० ले हराउँदा दोस्रो खेलमा धनगढीसँग ३–० ले पराजित भएको थियो ।

टोलीसँग मार्की खेलाडी तथा कप्तानको रुपमा गोलरक्षक विकेश कुथु रहँदा विदेशी खेलाडीमा मेसौके ओलुमोउ, स्टेफेन समिर र फ्लोरेन्ट कोर्वा रहेका छन् । यस्तै तेज तामाङ, सन्जोक राई, त्रिदेव गुरुङ, सुदिप शिख्रकार, राजन गुरुङ, विश्वास श्रेष्ठ, बिमल पाण्डेय, आशिष गुरुङ, विनय श्रेष्ठ, रुमेश बर्तौला, अन्जन राई, पृथ्बी चौधरी, सुदिल राई र प्रेजेन तामाङ टोलीमा रहेका छन् ।

नवयुग श्रेष्ठको कप्तानीमा रहेको पोखरा पनि लिगमा दोस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लने लक्ष्यमा हुनेछ । पोखरा पहिलो खेलमा बुटवल लुम्बिनीसँग २–० ले पराजित हुदा दोस्रो खेलमा विराटनगर सिटी एफसीलाई १–० ले हराउन सफल भएको थियो । पोखरासँग गोलरक्षक दिप कार्की, प्रविन स्याङतान, मान बहादुर तामाङ, दिपक गुरुङ, अनिल गुरुङ, सुशिल राई, रवि पासवान, नितिन थापा, राजेश परियार र गौतम श्रेष्ठलगायतका खेलाडी छन् ।

तेस्रो राउन्डको खेल जारी रहँदा बुटवल लुम्बिनी २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ४ अंक नै रहेपनि एक खेल बढी खेलेको धनगढी गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । समान ३ अंक रहेपनि विराटनगर तेस्रो काठमाडौं चौथो र पोखरा पाँचौ स्थानमा रहेको छ । चितवन २ अंक जोडेर छैटौ स्थानमा तीन खेल खेलेको ललितपुर २ अंक जोडेर पुछारमा रहेको छ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.