5 years ago
April 30, 2021
काठमाडौं (हाम्रो खेलकुद)– फुटबलमा सामान्यता एउटा खेलपछि खेलाडीलाई अर्को खेलअघि ४८ घण्टा आराम दिनुपर्ने हुन्छ । यद्दपी त्यो पर्याप्त भने होइन । अन्तर्राष्ट्रिय पद्दति अनुसार ७२ घण्टाको आरामलाई उपयुक्त मानिन्छ । अहिले दशरथ रंगशालामा जारी देशकै पहिलो फेन्चाईज लिग खुकरी सुपर लिग (एनएसएल) का खेलाडीले भने पर्याप्त आराम पाइरहेका छैनन् ।

वैशाख ११ गते सुरु भएको एनएसलको सुरुको ६ दिनमा ८ खेल भइसकेका छन् । सहभागी ७ टोलीले हरेक तेस्रो दिन जस्तोमा खेल्नु परेको छ । धनगढी एफसी र ललितपुर सिटी एफसीले ३ खेल खेलिसकेका छन् । बिहीबार १–१ को बराबरीपछि पोष्ट म्याच कन्फ्रेन्समा धनगढीका प्रशिक्षक युगलकिशोर राईले आफ्नो भनाईको सुरुवात नै खेलाडीलाई पर्याप्त आराम नभएको बाट सुरु गरेका थिए ।
‘यो समस्या हामीलाई मात्र होइन, सबै टोलीका लागि हो । एकदमै कम ग्याप भयो । जसले गर्दा खेलाडीले रिकभरीको समय पाउँदैनन्’, उनले भने, ‘हाम्रा केहि खेलाडी घाइते भएका छन् । अरु क्लबको पनि त्यहि समस्या छ ।’
कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञा सुरु हुनुअघि नै सार्वजनिक गरिएको एनएसएलको खेल तालिका हेर्दा हतारमा सक्नु पर्ने बाध्यता जस्तो देखिन्थ्यो । एनएसएलमा २२ दिनमा २५ खेल सक्ने एनएसएलको तालिका छ । लिगमा हरेक टोलीले कम्तीमा ६ खेल खेल्नेछन् । शीर्ष ४ टोलीले भने ७ देखि ९ खेल खेल्नुपर्ने हुन्छ । यो अवस्था हेर्दा पनि खेलाडी माथि शारीरिक रुपमा दबाब देखिन्छ ।

यसैपनि घरेलु फुटबलमा खेलाडीलाई पर्याप्त आराम दिने सवालमा ध्यान दिएको देखिन्न । मोसफलमा आयोजना हुने नकआउटका खेलतालिका हर्दा खेलाडीको क्षमता जाच्नकै लागि प्रतियोगिताको आयोजना गरिए जस्तो अभास हुन्थ्यो । एउटा प्रतियोगिता सक्ने नपाउँदै अर्को प्रतियोगिता सुरु भइसक्ने ।
एउटै क्लबका दुई टोली बनाएर अलग अलग प्रतियोगिताामा भाग लिने घरेलु फुटबलको अवस्था थियो । राता रात बसको यात्रा गरेर अर्को दिन अर्को प्रतियोगिता खेल्ने नेपाली क्लबको परम्परा जस्तो बनेको छ । यस्तोमा आयोजक र सहभागी टोलीले खेलाडीमाथि दबाब पारिरहेको विषयमा कमै चर्चा हुने गर्दछ । पर्याप्त आराम र चोटमुक्त नहुँदा खेलाडीले स्वभाविक खेल पस्कन सक्दैनन् । हरेक तेस्रो दिनमा खेल्नु पर्ने भएकैले पनि हुन सक्छ एनएसएलका अधिकांश खेलाडी थकित देखिन्छन् ।
राष्ट्रिय टोलीमा हुने खेलाडी लगातार प्रशिक्षण र थ्री नेसन्स कपमा व्यस्त थिए । त्यसबाहेकका खेलाडी भने मोसफलका प्रतियोगिताहरुमा लगातार खेलिरहेका थिए । थ्री नेसन्स पछि कतिपय राष्ट्रिय खेलाडी मोसफलका प्रतियोगिता खेल्न पुगे । देख्दा सामान्य लाग्ने तर खेलाडीको आरामका विषयमा सम्बन्धित पक्षले कमै ध्यान दिएको देखिन्न ।
चोटका कारण कतिपय खेलाडीले एनएसएलबाट बिदा नै लिइसकेको अवस्था पनि छ । चितवनका डिफेन्डर विकास तामाङ प्रशिक्षणकै क्रममा घाइते हुँदै बाहिर रहे भने अर्का डिफेन्डर विकास खवास पनि पहिलो खेलमा नै चोट बोक्न पुगे । कप्तान भरत खवासले पनि ह्यामस्ट्रीङ समस्याले पछिल्लो खेल गुमाए ।

धनगढीले मिडफिल्डर योगेश गुरुङलाई दोस्रो खेलमा नै चोटका कारण गुमायो । डिफेन्डर अर्नेस्ट ताम्पी पनि चोटका कारण उपलब्ध नहुने भएका छन् । दोस्रो चरणको खेल नसकिंदै चोटका कारण यसरी खेलाडी गुमाउनु पक्कै सुखद खबर होइन ।
धनगढीले तेस्रो खेलको समाप्तीमा ४ अंक जोडेको छ । ललितपुर भने लिग चरणको मध्यान्तर सम्म आइपुग्दा पहिलो जितकै खोजीमा छ । तथापी टोलीमाथि त्यस्तो दबाब नरहेको र शीर्ष ४ पुग्नेमा आशावादी रहेको प्रशिक्षक प्रदीप हुमागाईले बताएका छन् । राम्रो खेल्दा खेल्दै पनि जित्न नसक्नुलाई भने उनले दुर्भाग्यको संज्ञा दिए । ललितपुरले ३ खेलमा १ जित र २ खेलमा बराबरी खेल्दै २ अंक बटुलेको छ । यसैबीच, एनएसएलमा काठमाडौं रेजर्स र पोखरा थन्डर्सबीच शुक्रबार ५:३० बजे खेल हुनेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]