default_image

5 years ago

April 30, 2021

विकास तामाङ ५ महिना मैदान बाहिर

416 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी फुटबल क्लबका रक्षक विकास तामाङ कम्तीमा ५ महिना मैदान बाहिर रहने भएका छन् । दायाँ खुट्टाको गोलीगाँठामा चोट लागेपछि मंगलबार बिएण्डी अस्पतालमा शल्यक्रिया गराएका विकास अहिले भक्तपुर सरस्वतीखेलस्थित घरमा आराम गरिरहेका छन् ।

डा. अमित जोशीको टोलीले उनको खुट्टाको शल्यक्रिया गरेको थियो । चोटकै कारण उनले खुकुरी नेपाल सुपर लिग (एनएसएल) टोली चितवन एफसीबाट नाम फिर्ता लिएका थिए । ‘गोलीगाँठाको एनरटेरिएर टेलोफिबुलार लिगानेन्ट (एटिएसएल) टियर भएको रहेछ । मंगलबार शल्यक्रिया भयो । हिजो बेलुका घर आए,’ शुक्रबार विकासले हाम्रो खेलकुदसँग भने ।

‘६ हप्ता पूरै बेड रेस्ट गर्नुपर्छ भन्नुभएको छ । त्यसपछि रिहाब अनि अभ्यास गर्न लागेपछि ५ महिनापछि फर्कन सक्छु भन्नुभएको छ।’

आफूले नै चोटलाई अलिक सामान्य रुपमा लिएकाले बढी क्षती भएको विकासले बताए । उनले थपे, ‘मेरो चोट चौथो स्टेजमा पुगिसकेको रहेछ । अलिक अघि नै उपचारमा गएको भए छिट्टो निको हुन सक्थ्यो । गोलीगाँठाको चोट सामान्य नै हुन्छ भनेर हल्का लिनु आफ्नै गल्ति भयो ।’

राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका उनी थ्री नेसन्स कपमा छनोट नभएपछि क्लबबाट लगातार खेलिरहेका छन् । थ्री नेसन्स कै सहभागी टोली कीर्गिस्तानको ओलम्पिक टोलीसँग दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्दा उनलाई चोट लागेको थियो । त्यो खेलमा उनको गोलीगाँठा मर्केको थियो । चैत २५ गते रंगशालामै एएफसी कपको छनोटअन्तर्गत श्रीलंका पुलिस क्लब विरुद्ध पनि उनले खेले । त्यसमा पनि उनको चोट थपियो ।

त्यसबीचमा एमआरआई पनि गरे । श्रीलंका पुलिससँगको खेलपछि आर्मी टोलीसँग उनी बैंगलरु एफसी खेल्न भारताको गोवा पुगे । त्यसमा पहिलो हाफपछि भने उनी खेल्नै नसक्ने भए । त्यसबीचमा हेटौंडामा पनि क्लबबाट खेले । फर्केर चितवन एफसीमा आबद्ध भए । त्यहि बीचमा चोट ठीक नभएपछि डक्टरकोमा पुगेका उनले एटिएसएल टियर भइसकेको थाहा पाए । अनि चितवनबाट नाम फिर्ता लिएर उपचारमा लागे ।

सुरुका केहि महिना आर्मीमा सम्झौतामा खेलेका विकास २०७० मा भर्ती भएका थिए । त्यसयता उनी टोलीको नियमित सदस्य रहँदै आएका छन् । एनएसएल सुरु हुनु अघि नै उनको ठाँउमा चितवनले आर्मीकै जितेन्द्र कार्कीलाई लिएको थियो । चितवनको पहिलो खेलमा चोट लागेपछि अर्का रक्षक विकास खवासपछि उपचारका क्रममा छन् । विकास खवासको सट्टा चितवनले आर्मीकै जर्ज प्रिन्स कार्कीलाई राखिसकेको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.