default_image

5 years ago

April 30, 2021

पहिलो हाफ– काठमाडौं र पोखराको बराबरी

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं रेजर्स र पोखरा थन्डर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

बल पोसेसनमा बलियो पकड बनाएपनि पोखराले फिनिसिङ गर्न सकिरहेको छैन । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलको पाँचौ मिनेटमा मौसा अब्बाले वान भर्सेस वानको अवस्थामा प्रहार गर्न ढिला गर्दा गोलरक्षक विकेश कुथुले बचाउँदा पोखरा अग्रता लिनबाट चुक्यो ।

१५औं मिनेटमा मौसा अब्बाको पेनालटी बक्सबाहिरको फ्रिकिकलाई डिफेन्डरले क्लियर गर्दै काठमाडौंको खतरा टारे । २०औं मिनेटमा मौसा अब्बाको पासमा नवयुग श्रेष्ठले सुवर्ण अवसर गुमाउँदा पोखरा अग्रता लिनबाट चुक्यो । २९औं मिनेटमा नवयुग श्रेष्ठले अर्काे सुवर्ण अवसर खेर फाल्यो ।

काठमाडौंले भने कुनै पनि समय पोखराको पोस्टमा आक्रमण बुन्न सकेको छैन । दुवै टोली लिगमा दोस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लने योजनामा छ । दोस्रो हाफ केही बेरमा शुरु हुनेछ ।

काठमाडौं दुई खेलबाट ३ अंक जोडेर चौथो तथा पोखरा दुई खेलबाटै ३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.