default_image

5 years ago

April 30, 2021

काठमाडौं र पोखराको बराबरी

186 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं रेजर्स र पोखरा थन्डर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा गोलरहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा दुवै टोलीले गोलका सुवर्ण अवसर खेर पाल्दा गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । खेलको पाँचौ मिनेटमा मौसा अब्बाले वान भर्सेस वानको अवस्थामा प्रहार गर्न ढिला गर्दा गोलरक्षक विकेश कुथुले बचाउँदा पोखरा अग्रता लिनबाट चुक्यो ।

१५औं मिनेटमा मौसा अब्बाको पेनाल्टी बक्सबाहिरको फ्रिकिकलाई डिफेन्डरले क्लियर गर्दै काठमाडौंको खतरा टारे । २०औं मिनेटमा मौसा अब्बाको पासमा नवयुग श्रेष्ठले सुवर्ण अवसर गुमाउँदा पोखरा अग्रता लिनबाट चुक्यो । ३०औं मिनेटमा नवयुग श्रेष्ठले अर्काे सुवर्ण अवसर खेर फाल्दा डिफेन्डरले क्लियर गरिदिए ।

७१औं मिनेटमा मेसौके ओलोउमोउको फ्रिकिकको पोस्टबाट बाहिरियो । लगत्तै स्टेफन विनोङको पासमा मेसौके ओलोउमोउको प्रहार पहिलो बारबाट बाहिरिदा काठमाडौं अग्रता लिनबाट चुक्यो । ७७औं मिनेटमा विश्वास श्रेष्ठको पासमा सन्जोक राईको हेडरलाई गोलरक्षक दिप कार्कीले मुस्किलले बचाए ।

८१औं मिनेटमा काउन्टर अट्याकमा मेसौके ओलोउमोउको गोलरक्षक दिप कार्कीलाई बिट गर्दै गरेको प्रहार बाहिरिदा काठमाडौंले अग्रता लिने अवसर गुमायो । ८८औं मिनेटमा मेसौके ओलोउमोउको प्रहारलाई डिफेन्डरले क्लियर गर्दा राम्रोसँग क्लियर हुन नसकेको बललाई सन्जोक राईले सिक्स यार्ड बक्समा अवसर पाएपनि सदुपयोग गर्न नसक्दा काठमाडौं जितबाट वञ्चित बन्यो ।

बराबरीपछि पोखरा ३ खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा उक्लदा काठमाडौको पनि समान ३ खेलबाट ४ अंक रहेपनि चौथो स्थानमा रहेको छ । बुटवल लुम्विनी र धनगढीको पनि चार अंक रहेपनि गोल अन्तरमा पहिलो र दोस्रो स्थानमा रहेको छ ।

काठमाडौं रेजर्सका राजन गुरुङ इमर्जिङ प्लेयर अफ दि म्याच चुनिए । उनले १० हजार रुपैयाँ हात पारे । पोखरा थन्डर्सका दिम मोक्तान प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार रुपैयाँ हात पारे ।

लिगमा शुक्रबार दुई खेल हुनेछ । धनगढी र चितवनबीच दिउँसो २ः३० बजे तथा दोस्रो खेलमा बुटवल लुम्विनी र विराटनगरबीच खेल हुनेछ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ ।

राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.