5 years ago
May 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा आज (शनिबार) दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार २:३० बजे हुने खेलमा धनगढी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।

धनगढी चितवनलाई हराउँदै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । धनगढी ३ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । धनगढीले तीन खेल खेल्दा समान १ जित, बराबरी र हारको नतिजा निकालेको छ ।
धनगढीसँग लिगमा सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा रहेका नाइजेरियन फरवार्ड ओलावाले ओलाडिपो आफिज, आइकोनिक खेलाडी तथा कप्तान किरण चेम्जोङ, विशाल श्रेष्ठ, दिनेश राजवंशी, विवेक बस्नेत, अशोक खवास, निशान खड्का, टंक बस्नेत, पुजन उपरकोटी, दर्शन गुरुङ, युद्ध शाही पनि टोलीमा रहेका छन् । यस्तै सौजन याख्खा राई, टेकेन्द्र थापा, विजय श्रेष्ठ र निराजन महर्जन टोलीमा रहेका छन् । विदेशी खेलाडी फ्रान्कलिन कुटे टाल्लाले चितवनविरुद्ध खेल्ने सम्भावना छ ।

यता, चितवन पनि धनगढीलाई स्तब्ध पार्दै शीर्ष चारमा उक्लने लक्ष्यमा हुनेछ । अपराजित रहेको चितवन दुई खेलबाट २ अंक जोडेर छैटौं स्थानमा रहेको छ । तर, चितवनलाई चोटले पिरोलेको छ । चोटका कारण विकास तामाङ र विकास खवास टोलीमा छैनन् । विदेशी खेलाडी अहमद मोहम्मद र इलसायद सावनले खेल्ने सम्भावना न्युन छ । ह्यामस्ट्रिङ चोटबाट पूनरागमन गर्दै कप्तान भरत खवासले धनगढीविरुद्ध खेल्ने सम्भावना छ ।
विदेशी खेलाडी गोरान जर्काेभिच, आर्मीका फरवार्ड जर्जप्रिन्स कार्की र डिफेन्डर जितेन्द्र कार्कीको आगमनले पनि टोलीको मनोवल बढेको छ । यस्तै गोलरक्षक विशाल सुनार, शिशिर लेखी, कुलदिप कार्की, मनिष थापा, रुप बहादुर लामा, अमित तामाङ, सिमन्त थापा, विश्व अधिकारी, राजीव लोप्चन र टेक बहादुर बुढाथोकी रहेका छन् ।

दिनको दोस्रो खेलमा बुटवल लुम्विनी र विराटनगरबीच साँझ ५:३० बजे प्रतिस्पर्धा हुदैछ । शीर्षस्थानमा रहेको बुटवल लुम्विनी विराटनगरलाई हराउँदै आफ्नो शीर्षतालाई थप मजवुत बनाउने लक्ष्यमा हुनेछ ।
विशाल श्रेष्ठको कप्तानीमा रहेको बुटवल लुम्विनीसँग विराज महर्जन, लक्ष्मण रुचाल, रविन श्रेष्ठ, सेसेहाङ आङदेम्बे, मान बहादुर परियार, अमिर श्रेष्ठ, आशिष लामा, सुमन लामा, जय गुरुङ र रन्दिप पौडेल टोलीमा रहेका छन् । विदेशी खेलाडीमा अर्मान्ड, ओमोलाजा नुरेन करिम र विलियम ओपोकु रहेका छन् ।
यता, विराटनगर पनि बुटवल लुम्बिनीलाई हराउँदै शीर्ष चारको दौडमा उभिन चाहन्छ । रन्जित धिमालको कप्तानीमा रहेको विराटनगरसँग गोलरक्षक किशोर गिरी, विक्रम धिमाल, सरोज दाहाल, सुनिल बल, सुरज ज्यु ठकुरी, विजय धिमाल, सन्तोष तामाङ, हेम तामाङ, सुशिल लामा, मनिष डाँगी, सुनिल खड्का र निरकुमार राई रहेका छन् । विदेशी खेलाडीको रुपमा पेड्रो मान्जी, एडेलाजा सोमिडे र अलरिच सिवे रहेका छन् ।

लिगको तेस्रो चरणको खेल जारी रहँदा समान ४ अंक रहँदा गोल अन्तरमा बुटवल लुम्विनी, धनगढी, पोखरा र काठमाडौं क्रमश शीर्ष चारमा रहेका छन् । विराटनगर ३ अंक जोडेर पाँचौ स्थानमा रहँदा समान दुई अंक जोडेको चितवन र ललितपुर छैटौं र सातौं स्थानमा रहेको छ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]