default_image

5 years ago

May 1, 2021

पहिलो हाफ – धनगढी र चितवनको बराबरी

167 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धनगढी एफसी र एफसी चितवनले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा पहिलो हाफमा बराबरी खेलेका छन् । धनगढी र चितवनले गोलरहित बराबरी खेलेका हुन्

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको २३औं मिनेटमा शिशिर लेखीको क्रस पासमा गोरान जर्काेभिचको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले नियन्त्रणमा लिन नसकेको बललाई रिवाउन्डमा जर्ज प्रिन्स कार्कीको भली प्रहार क्रसबारमा लागेर बाहिरिदा एफसी चितवन अग्रता लिनबाट चुक्यो ।

२८औं मिनेटमा इलसायद सावनको प्रहार आकासिदा चितवनले अग्रता लिन सकेन । ३२औं मिनेटमा जर्जप्रिन्स कार्कीले काउन्टर अट्याकमा पेनाल्टी बक्समा दुई डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार दोस्रो बारबाट थोरै बाहिरियो ।

३६औं मिनेटमा जर्जप्रिन्स कार्कीको झन्डै ३० यार्ड टाढाको शक्तिशाली प्रहार क्रसबारमा लागेर बाहिरिदा चितवन अग्रता लिनबाट चुक्यो । धनगढीले पहिलो हाफमा चितवनको पोस्टमा खासै आक्रमण बुन्न सकेको छैन ।

धनगढी ३ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । धनगढीले तीन खेल खेल्दा समान १ जित, बराबरी र हारको नतिजा निकालेको छ । अपराजित रहेको चितवन दुई खेलबाट २ अंक जोडेर छैटौं स्थानमा रहेको छ । लिगको तेस्रो चरणको खेल जारी रहँदा समान ४ अंक रहँदा गोल अन्तरमा बुटवल लुम्विनी, पोखरा र काठमाडौं क्रमश शीर्ष चारमा रहेका छन् । विराटनगर ३ अंक जोडेर पाँचौ स्थानमा रहँदा समान दुई अंक जोडेको चितवन र ललितपुर छैटौ र सातौ स्थानमा रहेको छ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ ।

एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.