default_image

5 years ago

May 1, 2021

बुटवल लुम्बिनी र विराटनगरको रोमाञ्चक बराबरी

229 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बुटवल लुम्विनी एफसी र विराटनगर सिटी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा रोमाञ्चक बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा बुटवल लुम्बिनी र विराटनगरले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका हुन् । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सुनिल खड्काले गोल गर्दै विराटनरगलाई हारबाट जोगाएका हुन् ।

बुटवल लुम्विनीको जितमा ओमोलाजा नुरेन करिम र लक्ष्मण रुचालले गोल गरे । विराटनगरका पेड्रो मान्जी र सुनिल खड्काले बराबरी गोल फर्काए । खेलको छैटौ मिनेटमा नुरेनले गोल गर्दै बुटवल लुम्विनीलाई अग्रता दिलाएका हुन् ।

पाँचौ मिनेटमा अमिर श्रेष्ठको फ्रिकिकलाई विराटनगर सिटीका गोलरक्षक किशोर गिरीले पञ्च गर्दै बचाए । त्यसमै प्राप्त कर्नरमा लक्ष्मण रुचालको कर्नरमा अर्मान्डको हेडर अलरिव सिवेलाई लाग्दै फर्किएको बललाई ओमोलाजाले उत्कृष्ट फिनिस गरेका थिए ।

२६औं मिनेटमा पेड्रो मान्जी तीन डिफेन्डरबीचबाट गरेको प्रहारलाई बुटवल लुम्विनीका गोलरक्षक तथा कप्तान विशाल श्रेष्ठले डाइभ दिदै बचाए । ३०औं मिनेटमा विलियम ओपोकुको प्रहारलाई गोलरक्षक किशोर गिरीले मुस्किलले बचाउदा बुटवल लुम्विनी अग्रता दोब्बर पार्नबाट चुक्यो ।

४०औं मिनेटमा अमिर श्रेष्ठले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न सकेन । ४२औं मिनेटमा पेड्रो मान्जील गाल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । एडेलाजा सोमिडेको पासलाई पेड्रो मान्जीले नियन्त्रणमा लिदै पेनाल्टी बक्सबाहिरबाट उत्कृष्ट गोल गर्न सफल भएका थिए ।

६७औं मिनेटमा लक्ष्मण रुचालले उत्कृष्ट गोल गर्दै बुटवल लुम्विनीलाई २–१ को अग्रता दिलाए । विलियम ओपोकुको पासमा अनमार्क रहेका लक्ष्मण रुचालले सिक्स यार्ड बक्सनजिकैबाट भलीमार्फत सुन्दर गोल गरेका थिए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा सुनिल खड्काले गोल गर्दै विराटनगरलाई हारबाट जोगए ।

बुटवल लुम्विनीका सुमन लामा इमर्जिङ खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । विराटनगर सिटी एफसीका पेड्रो मान्जी प्लेयर अफ दि म्याच घोषित भए । उनले २५ हजार रुपैयाँ हात पारे ।

बराबरीपछि बुटवल लुम्विनी ३ खेलबाट ५ अंक जोडेर दोस्रो स्थनमा रहेको छ। शीर्षस्थानको धनगढीको ७ अंक छ । विराटनगर ३ खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।

एनएसएलमा आइतबार पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच साँझ ५ः३० बजे प्रतिस्पर्धा हुनेछ । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ ।

एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.