default_image

3 years ago

May 2, 2021

नेयमार चम्कदा पीएसजीको जित

एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमारले एक गोल र अर्काे गोलको लागि असिस्ट दिएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लेन्सलाई २–१ ले पराजित गर्दै उपाधि होडलाई जीवितै राखेको छ । घरेलु मैदान पार्क डेस प्रिन्सेसमा अर्काे एक गोल ब्राजिलियन डिफेन्डर मार्किन्हसले गरेका थिए । लेन्सका इग्नाटिएस गनागोले एक गोल फर्काए । खेलको ३३औं […]

74 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमारले एक गोल र अर्काे गोलको लागि असिस्ट दिएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लेन्सलाई २–१ ले पराजित गर्दै उपाधि होडलाई जीवितै राखेको छ ।

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा अर्काे एक गोल ब्राजिलियन डिफेन्डर मार्किन्हसले गरेका थिए । लेन्सका इग्नाटिएस गनागोले एक गोल फर्काए । खेलको ३३औं मिनेटमा नेयमारको गोलबाट पीएसजीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । उनले जुलियन ड्राक्सलरको पासमा गोल गर्न सफल भएका थिए ।

५९औं मिनेटमा मार्किन्हसले नेयमारको पासमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । ६१औं मिनेटमा इग्नाटिएस गनागोले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएका थिए । ८३औं मिनेटमा मोउरो इकार्डीले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । उनी अफसाइड ठहरिएका थिए ।

जितपछि पीएसजी ३५ खेलबाट ७५ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । शीर्षस्थानको लिलको ७६ अंक छ । पराजित लेन्स ५६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

लिलले शनिबार राति नै भएको खेलमा १० खेलाडीमा समेटिएको निसलाई २–० को पराजित गर्दै आफ्नो शीर्षतालाई कायम गरेको हो । लिलको जितमा बुराक इल्माज र मेमेद जेकी सिलिकले गोल गरे । ४८औं मिनेटमा जोर्डन लोटोम्वा दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि निसले दोस्रो हाफ १० खेलाडीमा समेटिएर खेल्नु परेको थियो ।

पराजित निस ४६ अंक जोडेर नवौं स्थानमा रहेको छ । लिग वानमा ३५औं राउन्डको खेल जारी रहँदा उपाधि होडमा लिल र पीएसजी बलियो देखिदा मोनाको र लियोन पनि उपाधि होडमै रहेको छ । तेस्रो स्थानको मोनाकोको ७१ तथा चौथो स्थानको लियोनको ६७ अंक छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.