default_image

5 years ago

May 2, 2021

पोखरा र ललितपुर भिड्दै

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज (आइतबार) एकमात्र खेलमा प्रतिस्पर्धा हुदा पोखरा थन्डर्स र ललितपुर सिटी एफसी आमने सामने हुँदैछन् ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे हुनेछ । पोखरा थन्डर्स ललितपुरलाई पराजित गर्दै शीर्षस्थानको धनगढी एफसीसँग अंक बराबरी गर्ने लक्ष्यमा मैदानमा उत्रनेछ । पोखरा तीन खेलमा समान एक जित, बराबरी र हारका साथ ४ अंक जोडेर चौथो स्थानमा रहेको छ । ललितपुरलाई हराउन सके पोखराले शीर्षस्थानको धनगढीसँग अंक बराबरी गर्नेछ । शीर्षस्थानको धनगढीको ४ खेलबाट ७ अंक छ ।

पोखरासँग कप्तान तथा मार्की खेलाडी नवयुग श्रेष्ठ, गोलरक्षक दिप कार्की, अजित भण्डारी, प्रविन स्याङतान, मान बहादुर तामाङ, दिपक गुरुङ, अनिल गुरुङ, पदम मोक्तान, रवि पासवान, नितिन थापा, आयुष घलान, राजेश परियार र गौतम श्रेष्ठलगायतका खेलाडी छन् । विदेशी खेलाडीमा मोउसा अब्बा, राफयल रिमगागो र केट्चा यान्निक रहेका छन् ।

यस्तै लिगको तीन खेलमा जित निकाल्न पार्न नसकेको ललितपुर सिटी पहिलो जितको खोजीमा मैदानमा उत्रनेछ । ललितपुरले ३ खेलमा २ बराबरी र १ हारको नतिजा निकालेको छ । टोलीसँग मार्की खेलाडी तथा कप्तान अन्जन विष्ट, कमल श्रेष्ठ, प्रवेश दनुवार, मिक्चेन तामाङ, एरिक विष्ट, नविन लामा, विमल राना, सरोज योन्जन लामा, रन्जन विष्ट, निरोज बस्नेत, पाल्साङ लामा, गौरव बुढाथोकी र गोलरक्षक अर्पण कार्की रहँदा विदेशी खेलाडीको रुपमा नुर्लान नोभरुजोभ, भिलिम पोसिन्कोभिक र पिटर सेगुन रहेका छन् ।

श्रम स्वीकृति नमिलेका कारण पिटरले सुरुवाती तीन खेल गुमाएका थिए । सम्भवत उनले धनगढीविरुद्ध खेल्ने सम्भावना छ । हिडन ट्यालेन्टका रुपमा ललितपुरले डोना थापा पनि टोलीमा रहेको छ । चौथो चरणको खेल जारी रहँदा धनगढी ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । बुटवल लुम्विनी ३ खेलबाट ५ अंक जोडेर दोस्रो स्थनमा रहेको छ । समान ४ अंक रहेपनि विराटनगर तेस्रो, पोखरा चौथो र काठमाडौं पाँचौ स्थानमा रहेका छन् । समान २ अंक जोडेको ललितपुर छैटौ र चितवन सातौ स्थानमा रहेका छन् ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.