default_image

5 years ago

May 2, 2021

तेस्रो बराबरीसँगै ललितपुर दबाबमा

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले बराबरी खेल्दै अंक बाँडेका छन् । पोखरा र ललितपुरले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

लिगमा ललितपुरको यो तेस्रो बराबरी हो । पहिलो खेलमा काठमाडौंसँग १–० ले पराजित भएको ललितपुरले चितवन र धनगढीसँग समान १–१ गोलको बराबरी खेलेको थियो । तेस्रो बराबरीसँगै ललितपुरको शीर्ष चारमा पर्ने सम्भावना झिनो बनेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलको सातौ मिनेटमा कप्तान तथा मार्की खेलाडी नवयुग श्रेष्ठको प्रहार दोस्रो बारबाट थोरै बाहिरिदा पोखरा थन्डर्स अग्रता लिनबाट चुक्यो । २०औं मिनेटमा दीपक गुरुङको पासमा नवयुग श्रेष्ठ गोलरक्षक अर्पण कार्कीलाई बिट गर्दै गरेको प्रहार क्रसबारबाट थोरै आकासियो ।

४४औं मिनेटमा रवि पासवानको पासमा नवयुग श्रेष्ठको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ५१औं मिनेटमा केट्चा यान्निकको ब्याक हेडरलाई कप्तान तथा मार्की खेलाडी अन्जन विष्टले नियन्त्रणमा लिदै गोलरक्षक दीप कार्की अघि बढेको अवस्थामा गरेको चिप प्रहारलाई अजित भण्डारीले गोललाइनबाट क्लियर गर्दै पोखराको संकट टारे ।

८३औं मिनेटमा भिलिम पोसिन्कोभिकको प्रहारलाई मान बहादुर तामाङले ब्लक गरिदिए । ८६औं मिनेटमा अन्जन विष्टले एक डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार फितलो बन्दा गोलरक्षक दीप कार्कीले सहजै नियन्त्रण लिदा ललितपुर अग्रता लिनबाट चुक्यो ।

पोखरा थन्डर्सका आयुष घलान इमर्जिङ खेलाडी चुनिए । उनले १० हजार रुपैयाँ हात पारे । ललितपुरका प्रवेश कुँवर प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार रुपैयाँ हात पारे ।

बराबरीपछि पोखरा चार खेलमा ५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पोखरााले चार खेलमा एक जित, दुई बराबरी र एक हारको नतिजा निकालेको छ । जित निकाल्न नसकेको ललितपुर चार ३ बराबरी र १ हारका साथ ३ अंक जोडेर छैटौ स्थानमा रहेको छ ।

चौथो चरणको खेल जारी रहँदा धनगढी ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । बुटवल लुम्विनी ३ खेलबाट ५ अंक जोडेर दोस्रो स्थनमा रहेको छ । समान ४ अंक रहेपनि विराटनगर चौथो र काठमाडौं पाँचौ स्थानमा रहेका छन् । २ अंक जोडेको चितवन सातौ स्थानमा रहेका छन् ।

लिगमा सोमबार एफसी चितवन र विराटनगर सिटी एफसीबीच साँझ ५ः३० बजे प्रतिस्पर्धा हुनेछ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.