5 years ago
May 2, 2021
काठमाडौं (हाम्रो खेलकुद)– खुकुरी नेपाल सुपर लिग (एनएसएल) टोली ललितपुर सिटी एफसीले आफ्ना मुख्य प्रशिक्षक प्रदीप हुमागाईलाई आइतबार खेल सकेलगत्तै बर्खास्त गरेको छ ।

एनएसएलको आफ्नो ४ खेल खेल्दा पहिलो जित पनि दर्ता गर्न नसकेपछि ललितपुरले उनलाई बर्खास्त गरेको क्लब श्रोतले जनायो । दशरथ रंगशालामा आइतबार मात्र ललितपुरले पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेको थियो । टोलीको त्यो तेस्रो बराबरी हो । अर्को एक खेलमा भने टोली पराजित भएको थियो ।
हुमागाईका सहायक रहेका पूर्व राष्ट्रिय खेलाडी राजु तामाङले बाँकी खेलमा टोलीको प्रशिक्षणमा सम्हाल्ने सम्भावना छ । हुमागाईले भने सामाजिक सञ्जालमार्फत आजैबाट लागू हुने गरि क्लबलाई बुझाएको राजीनामा पत्र सार्वजनिक गरेका छन् ।
ललितपुर ४ खेलमा ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पहिलो खेलमा ललितपुर काठमाडौंसँग १–० ले पराजित भएको थियो । दोस्रो खेलमा चितवनसँग १–१ को बराबरी खेलेको ललितपुरले तेस्रो खेलमा धनगढीसँग १–१ कै बराबरी खेलेको थियो । पहिलो जित निकाल्न नसकेको ललितपुरले लिग चरणमा दुई खेल खेल्न बाँकी छ ।
रुस्लान थ्री स्टार क्लबलाई ए डिभिजिन लिग च्याम्पियन बनाइसकेका हुमागाई लामो समयदेखि अमेरिका बस्दै आएका छन् । ललितपुरको स्वामित्व भाट भटिनी सुपरमार्केटमा छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]