default_image

5 years ago

May 3, 2021

पहिलो हाफ – चितवन र विराटनगरको बराबरी

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर सिटी एफसीले पुछारको एफसी चितवनले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा पहिलो हाफमा बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि फिनिसिङ गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।

२०औं मिनेटमा जर्जप्रिन्स कार्कीको फ्रिकिक विराटनगर सिटी एफसीका गोलरक्षक किशोर गिरीले पञ्च गर्दै बचाए । २२औं मिनेटमा अमित तामाङको क्रसमा गोरान जर्काेभिचले भेट्न नसकेको बललाई पोजिसनमा नरहेका जर्जप्रिन्सले प्रयास गरेपनि उनको प्रहार आकासियो ।

२३औं मिनेटमा पेड्रो मान्जीको पासमा अनमार्क रहेका सुनिल बलको ट्यापिङ प्रहार आकासिदा विराटनगर अग्रता लिनबाट चुक्यो । ३६औं मिनेटमा सुनिल बलको क्रसमा एडेलाजा सोमिडको हेडर आकासियो । ३८औं मिनेटम पेड्रो मान्जीले मैदानको मध्यभागबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा विराटनगरले अग्रता लिन सकेन ।

लिगको चौथो चरणको खेल जारी रहँदा धनगढी ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । बुटवल लुम्विनी ३ खेलबाट ५ अंक जोडेर दोस्रो स्थानमा तथा चार खेलबाट ५ अंक जोडेको पोखरा थन्डर्स तेस्रो स्थानमा रहेको छ । समान ४ अंक रहेपनि विराटनगर चौथो र काठमाडौं रेजर्स पाँचौ स्थानमा रहेका छन् । समान २ अंक जोडेको ललितपुर छैटौ तथा चितवन सातौ स्थानमा रहेका छन् ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.