default_image

5 years ago

May 3, 2021

चितवनलाई हराउँदै विराटनगर शीर्षस्थानमा

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पेनिस फरवार्ड पेड्रो मान्जी र सन्तोष तामाङको गोलमा विराटनगर सिटी एफसीले पुछारमा रहेको एफसी चितवनलाई हराउँदै खुकुरी नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा विराटनगरले चितवनलाई २–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । खेलको २०औं मिनेटमा जर्जप्रिन्स कार्कीको फ्रिकिक विराटनगर सिटी एफसीका गोलरक्षक किशोर गिरीले पञ्च गर्दै बचाए । २२औं मिनेटमा अमित तामाङको क्रसमा गोरान जर्काेभिचले भेट्न नसकेको बललाई पोजिसनमा नरहेका जर्जप्रिन्सले प्रयास गरेपनि उनको प्रहार आकासियो ।

२३औं मिनेटमा पेड्रो मान्जीको पासमा अनमार्क रहेका सुनिल बलको ट्यापिङ प्रहार आकासिदा विराटनगर अग्रता लिनबाट चुक्यो । ३६औं मिनेटमा सुनिल बलको क्रसमा एडेलाजा सोमिडको हेडर आकासियो । ३८औं मिनेटम पेड्रो मान्जीले मैदानको मध्यभागबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा विराटनगरले अग्रता लिन सकेन ।

५८औं मिनेटमा निर कुमार राईको पासमा सन्तोष तामाङ प्रहारलाई विशाल सुनारले पञ्च गर्दै बचाए । ७३औं मिनेटमा पेड्रो मान्जीले गोल गर्दै विराटनगरलाई १–० को अग्रता दिलाए । सुनिल बलको फ्रिकिकलाई पेनाल्टी बक्सभित्र पेड्रोले नियन्त्रणमा लिदै उत्कृष्ट गोल गर्न सफल भएका थिए । ८१औं मिनेटमा मनिष थापाको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा चितवन बराबरीबाट चुक्यो ।

८४औं मिनेटमा जर्जप्रिन्स कार्कीले एक डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार दोस्रो बारबाट थोरै बाहिरिदा चितवन चुकचुकायो । ८९औं मिनेटमा सन्तोष तामाङले पेनाल्टी बक्सबाहिरबाट दर्शनीय गोल गर्दै विराटनगरलाई २–० को जित दिलाए । विराटनगरका सुरज ज्यु ठकुरी इमर्जिङ खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । विराटनगरकै रन्जित धिमाल प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार रुपैयाँ हात पारे ।

जितपछि विराटनगर ४ खेलबाट ७ अंक जोडेर शीषस्थानमा उक्लिएको छ । समान ७ अंक रहेपनि विराटनगरले हेड टु हेड र गोलअन्तरमा धनगढीलाई पछि पारेको हो । पराजित चितवन ४ खेलबाट २ अंक जोडेर पुछारमा रहेको छ ।

लिगको चौथो चरणको खेल जारी रहँदा बुटवल लुम्विनी ३ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा तथा चार खेलबाट ५ अंक जोडेको पोखरा थन्डर्स चौथो स्थानमा रहेको छ । ४ अंक जोडेको काठमाडौं रेजर्स पाँचौ स्थानमा रहेका छन् । ३ अंक जोडेको ललितपुर छैटौ स्थानमा रहेको छ ।
लिगमा मंगलबार बुटवल लुम्विनी र काठमाडौं रेजर्सबीच साँझ ५ः३० बजे प्रतिस्पर्धा हुदैछ । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.