5 years ago
May 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा आज मंगलबार बुटवल लुम्विनी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजेपछि हुनेछ ।

काठमाडौं रेजर्सलाई पराजित गर्दै बुटवल लुम्विनी शीर्षस्थानमा उक्लने लक्ष्यमा रहँदा काठमाडौं पनि बुटवल लुम्विनीलाई हराउँदै शीर्ष चारमा उक्लने योजनामा हुनेछ । बुटवल लुम्बिनी ३ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । काठमाडौंलाई हराउन सके बुटवल लुम्विनीले विराटनगर सिटी एफसी र धनगढी एफसीलाई पछि पार्दै शीर्षस्थानमा उक्लनेछ ।
विशाल श्रेष्ठको कप्तानीमा रहेको बुटवल लुम्विनीसँग विराज महर्जन, लक्ष्मण रुचाल, रविन श्रेष्ठ, सेसेहाङ आङदेम्बे, मान बहादुर परियार, अमिर श्रेष्ठ, आशिष लामा, सुमन लामा, जय गुरुङ र रन्दिप पौडेल टोलीमा छन् । विदेशी खेलाडीमा अर्मान्ड, ओमोलाजा नुरेन करिम र विलियम ओपोकु रहेका छन् ।
काठमाडौंलाई शीर्ष चारमा पर्न बुटवल लुम्विनीविरुद्ध जितको खाँचो छ । त्यसैले पनि टोली जितको लक्ष्यसहित मैदान उत्रनेछ । काठमाडौं ३ खेलबाट ४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । बुटवल लुम्विनीलाई हराउन सके काठमाडौले विराटनगर सिटी र धनगढीसँग अंक बराबरी गर्नेछ ।

टोलीसँग मार्की खेलाडी तथा कप्तानको रुपमा गोलरक्षक विकेश कुथु रहँदा विदेशी खेलाडीमा मेसौके ओलुमोउ, स्टेफेन समिर र फ्लोरेन्ट कोर्वा रहेका छन् । यस्तै तेज तामाङ, सन्जोक राई, त्रिदेव गुरुङ, सुदिप शिख्रकार, राजन गुरुङ, विश्वास श्रेष्ठ, बिमल पाण्डेय, आशिष गुरुङ, विनय श्रेष्ठ, रुमेश बर्तौला, अन्जन राई, पृथ्बी चौधरी, सुदिल राई र प्रेजेन तामाङ टोलीमा छन् ।
चौथो चरणको खेल जारी रहँदा विराटनगर ४ खेलबाट ७ अंक जोडेर शीषस्थानमा छ । समान ७ अंक रहेपनि हेड टु हेडमा धनगढी दोस्रो स्थानमा छ । बुटवल लुम्विनी ३ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा तथा चार खेलबाट ५ अंक जोडेको पोखरा थन्डर्स चौथो स्थानमा रहेको छ । ४ अंक जोडेको काठमाडौं रेजर्स पाँचौ स्थानमा छ । ३ अंक जोडेको ललितपुर छैटौं स्थानमा तथा चार खेलबाट २ अंक जोडेको चितवन पुछारमा रहेको छ । ललितपुर र चितवनको शीर्ष चारमा पर्ने सम्भावना कमजोर हुँदै गएको छ ।
लिगमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले फाइनल प्रवेशका लागि २८ बैशाखमा खेल्नेछन् । यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा तेस्रो र चौथो हुने टोलीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैयाँ हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]